समाचार

साउनदेखि जडीबुटी बीमा लागू हुने

ललितपुर।  साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई […]

खेतमा सिक्टाको पानी पुगेपछि किसान हर्षित

बाँके। सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् । वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । उहाँका अनुसार […]

डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

मान्म। नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गरेका छन् । जङ्गलमा पाइने निगालाबाट उनले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आएका छन् । उनले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका […]

टनेलभित्रै फस्टायो तरकारी खेती

झापा। झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले बर्खे मौसममै आधुनिक प्रविधिबाट अर्गानिक रायो साग उत्पादन गरेर लाभ लिन थालेका छन् । पुनम […]

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

बर्दिया। अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे […]

असारको अन्त्यसम्म पनि रासायनिक मलको समस्या

गण्डकी।  “जम्मा हुन्छन् किसानगण यी बीज मानो छरेर देख्छन् होला मधुर सपना काम राम्रो गरेर । खन्छन् जोत्छन् जमिन सबले घामपानी सहेर हाम्रो यस्तो श्रम र पसिना फल्छ जाँदैन खेर ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को सम्झनामा असार शीर्षकको कवितामा भनेजस्तै नेपालमा असार महिनालाई मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिने गरिएको […]

हेटौँडामा धुलो दूध उत्पादनको तयारी

हेटौंडा। बागमती प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले रु. ४१ करोड २२ लाख ७१ हजारको लगानीमा निर्माण गरेकोे सो कारखानामा पाउडर प्लाण्टको उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । […]

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’

पर्सा। कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताएको हो । जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले […]

तरकारी खेतीबाट मनग्ये आम्दानी

बाँके। बाँके र बर्दियाका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् । ती जिल्लाका शारदा चौधरी, दर्शना चौधरी र रामबहादुर रसाइली यसका उदाहरणीय पात्र मात्र हुन् । बर्दिया बाँसगढी नगरपालिका–६ सत्रहरियाकी शारदा चौधरी महिलाका लागि प्रेरणाकी स्रोत नै बन्नुभएकी छिन् । उनी तरकारी खेतीको नमूना कृषक बनेकि छिन् । कृषि र पशुपालन व्यवसायको उद्देश्य […]

ताप्लेजुङमा उर्वर जमिन बाँझिदै

फुङ्लिङ। खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्छ । मेसिनले नै धानको बीउ रोप्छ । तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ । मानवीय जनशक्तिको आवश्यक पर्दछ । पहाडी क्षेत्रमा तराई जस्तो समतल जमिन छैन । […]