समाचार

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

ललितपुर। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षासंगै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज प्रदेश नम्बर १, मधेस प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिनसँगै […]

बीमा दाबी भुक्तानी पाएपछि किसान खुसी

भजनी। गएको जेठ २८ र असार २ गतेको हावाहुरीका कारण कैलालीको टीकापुरका टेकेन्द्र धामीले लगाएको केरा खेतीमा ठूलो क्षति पुग्यो । पचपन्न बिघा जमिनमा लगाइएको अधिकांश केरामा क्षति पुगेपछि उनलाई निकै चिन्तित बनायो । उत्पादन दिनेबेला प्राकृतिक प्रकोपका कारण केरा नष्ट भएपछि काम गर्ने जागर नै म¥यो । टेकेन्द्रले केरा खेतीसँगै टिस्यु कल्चर प्रविधिबाट उत्पादन […]

कर्णालीमा बालीको उत्पादन ११.२४ प्रतिशतले घट्यो

कर्णाली। कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११।२४ प्रतिशतले घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ । राष्ट्र बैंकको प्रादेशिक […]

बागलुङमा जडीबुटी निकासी घट्दो

बलेवा। प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी सङ्कलन र निकासी दुवै घटेको हो । कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको सङ्कलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी सङ्कलन र निकासी हुने गरेको छ । कोरोना […]

हराउँदै हलो : बढ्दै ट्याक्टरको प्रयोग

गण्डकी। कृषिप्रधान देश नेपालमा आधुनिक प्रविधिसँगै भित्रिएका कृषि उपकरणको बढ्दो क्रमले यतिखेर अधिकांश स्थानमा हलोको प्रयोग हुन छाडेको छ । नेपालका अधिकांश ग्रामीण भेगमा पछिल्ला समयमा किसान हलो छाडेर हाते मिनि टेलर प्रयोग गर्न थालेका छन् भने समथर भू–भागमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ । ग्रामीण भेगका टारी खेतमा अग्ला कान्ला तथा साँघुरा गरा हुने […]

सूचकाङ्कका आधारमा किसानलाई बाढी बीमा

ललितपुर। कैलालीका दुई र बर्दियाका तीन स्थानीय तहमा बाढीका कारण हुने कृषि क्षेत्रको नोक्सानीलाई मध्यनजर गर्दै कर्णाली नदीको बाढीको सतह मापन सूचकाङ्कका आधारमा बाढी बीमा कार्यक्रम लागू गरिएको छ । प्राक्टिल एक्सनलगायत विभिन्न गैरसरकारी संस्थाको समन्वय तथा शिखर इन्स्योरेन्स कम्पनीले किसानले लगाएको बालीको बीमा गर्ने र कर्णाली नदीको बाढीमापन केन्द्रको सूचकलाई आधार मानेर बीमाको भुक्तानी […]

ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण

हुम्ला। हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गरे । गाउँपालिकाले आर्थिक […]

गोठालाले पत्ता लगाए आकाशे ताल

जुम्ला। प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन्। विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन्। प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन्। यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन। सिङ्गो कर्णाली त्यसमा पनि जुम्ला संस्कृति, सभ्यता, भाषा, […]

तरकारी खेतीबाट मनग्य आम्दानी

बागलुङ। तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका दुई दाजुभाइले लगानी बढाएर व्यवसाय विस्तार गरेका छन् । टनेलमा मल्चिङ र थोपा सिँचाइ प्रविधिको प्रयोगले उत्पादन दोब्बरले वृद्धि भएकाले तरकारी खेतीतर्फ उनीहरु आकर्षित भएका हुन् । लामो समयको वैदेशिक रोजागरी पछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका भविलाल र टेकबहादुर विकले तरकारी खेती थालेपछि राम्रो […]

बिकेन मह, माहुरीपालक किसान निराश

दाङ।  घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उनले ८३ घारबाट माहुरीपालन सुरुआत गरेको हो । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाई ठिकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थपे । “घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन”, राणाले भने । जिल्लामै विगत वर्षभन्दा यस पटक […]