समाचार

च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान

चौतारा। यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक एक लाखमा जग्गा […]

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी […]

जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

कर्णाली। स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन्। धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा […]

दुर्लभ घडियाल संरक्षणका लागि घडियाल उत्सव

कैलाली। दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुर–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना गरिएको छ । दुर्लभ घडियाल गोहीको संरक्षणसम्बन्धी सचेतना फैलाउन, स्थानीय बासिन्दा र स्थानीय सरकारलाई जिम्मेवार बनाउन उत्सव आयोजना गरिएको हो । टीकापुर नगर प्रमुख रामलाल डगौरा थारूले महोत्सवको शुभारम्भ गर्दै डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाबाट सक्दो सहयोग रहने बताए […]

गवारो नियन्त्रण गर्न प्राविधिक परिचालन

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ । प्राविधिकको अध्ययनअनुसार गवारो किराले धानको गुवो खाएर हरियो रोपो पहेँलो हुन थालेसँगै विषादी प्रयोग गरेर नियन्त्रणमा लिन लागिएको कृषि शाखा प्रमुख दामोदार दाहालले जानकारी दिए । उनका अनुसार किरा फैलिएका क्षेत्रको पहिचान गरेर प्राकृतिक उपाय तथा […]

बीमा र ‘भैँसी सुत्केरी भत्ता’ले फस्टायो भैँसीपालन व्यवसाय

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१२ का यज्ञ खत्रीकोे गोठमा हाल सात भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाडेको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । “विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनःभैँसी […]

मुगुका किसानलाई स्याउ टिप्न भ्यानभ्याई

गमगढी। मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने […]

दूध र मासुमा कञ्चनपुर जिल्ला बन्यो आत्मनिर्भर

दोधारा चाँदनी। कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन थालेको छ । कञ्चनपुरमा सात हजार दुई सय ४५ […]

कृषिमा फड्को मार्दै स्याङ्जा : धान र मकैको बीउमा आत्मनिर्भर

वालिङ। स्याङ्जामा आवश्यक पर्ने धान र मकैको उन्नत बीउ जिल्लाभित्रै उत्पादन हुने गरेको छ । जिल्लास्थित सूचीकृत विभिन्न समूह, सहकारी तथा निजी व्यवसायीहरूले उत्पादन गरी प्रमाणित गरिएको बीउका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको हो । तरकारी बाली तथा खाद्यान्न बाली उत्पादनका लागि गण्डकी प्रदेशमा सूचीकृत भएका कुल ६१ बीउ उत्पादक समूह, सहकारी तथा निजी […]

कृषि कर्जा प्रभावकारी बनाउन दीर्घकालीन श्रोतको व्यवस्थापन पहिलो प्राथमिकता

ललितपुर। साधारण कृषकसम्म कृषि कर्जाको पहुँच पु¥याउन कृषिमा लगानी मैत्री नीति र दीर्घकालीन स्रोत्को व्यवस्था अत्यावश्यक रहेको सम्बद्ध विज्ञहरुले औंल्याएका छन् । शुक्रबार राजधानीमा आयोजित कृषि कर्जा मेला कार्यशाला सम्बन्धी प्रतिवेदन विमोचन तथा कृषि कर्जा प्रवाहमा आगामी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो विचार व्यक्त गरेका हुन् । कृषि कर्जा मेलाकी संयोजक सुष्मा शर्माले […]