समाचार

ओखर र फलफूल खेती गर्न एडीबीले सघाउने

ललितपुर। नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब […]

फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

ललितपुर। भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१% सम्म छुट पाउने । आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१% […]

व्यावसायिक तरकारी खेतीबाट आम्दानी

लेखनाथ। पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु. एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो […]

मकैको थाङ्ग्रो राख्ने चलन लोपोन्मुख हुँदै

फुङ्लिङ। ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै मकैको थाङ्ग्रोको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो । गाउँ घरमा कमै मात्र देखिए पनि मकैको थाङ्ग्रोले आर्थिक हैसियत मापन गरेको पाइँदैन । पछिल्लो समय मकैको थाङ्ग्रो राख्ने परम्परा लोप हुँदै गएको छ । मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस् वा छोरी दिँदा, केटाको पक्षको आर्थिक […]

भेडा मर्न थालेपछि समस्यामा किसान

बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन्। साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए। ठाडाखानीमा पूर्णबहादुर छन्त्याललेसमेत […]

आम्दानीको मुख्य स्रोत तरकारी खेती

दोधारा चाँदनी। अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए । “विसं २०६३ मा ७५ बोट बैगुन लगाएर […]

अलैँची जोनको अनुगमन

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित अलैँची सुपरजोनको अनुगमन गरिएको छ । अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अनुदानमा गरिएको अलैँची खेतीको अनुगमनका क्रममा प्रमुख पौडेल नगदे बाली मानिने अलैँची खेतीप्रति कृषकहरु आकर्षित भएर खेती विस्तारमा लागेको बताए । […]

सरकारी जागिरसँगै फूल खेती

बेदकोट। कञ्चनपुर भीमदत्त नगरपालिका (१) तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । ढकमक्क फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ । तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन र बिक्री गर्नमा सिंहको व्यस्तता बढेको हो । चुनावको तयारीमा माला र फूल खरिदका लागि मानिसहरु सिंहको फूलबारीसम्म पुग्ने गरेका छन् । बझाङ तलकोटका […]

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

जुम्ला। पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताए । धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ […]

सयपत्री बिक्री गरेरै ८ लाख आम्दानी

वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु […]