नेपालकी प्रमुख माटो विशेषज्ञ दिव्य लक्ष्मीको सम्झनामा
दिव्य लक्ष्मी बज्राचार्यको आत्मकथा “माटो मैया” पढी सके पछि एक माटो प्राविधिकको आँखाबाट नेपालको विकास यात्रा लाई बुझ्ने मौका पाएँ । नेपालको पहिलो माटो विशेषज्ञका रूपमा रहेका दिव्य लक्ष्मीले जीवनका आरोह र अवरोहहरू सँगाली नेपालको कृषि प्रविधि र माटो विज्ञान सम्बन्धी गरेका विश्लेषणहरू पढ्दै गर्दा उहाँका अनुभव र अनुभूतिहरूलाई समय सान्दर्भिक प्रयोग गर्दै जानुपर्ने देखिन्छ […]





