कृषिमा रसायन को प्रयोगको ईतिहास नेपालमा आधा सताब्दीको हाराहारीमा पुगेको छ । बिश्वमा बढेको हरित क्रान्तिपछि कृषि उत्पादन वृद्धि गर्न कृषिमा रासायनिक मल साथै रोग
किरा झार नियन्त्रणको लागि यिनिहरुको प्रयोग तीव्र रूपमा बढ्यो नेपालमा पनि हरित क्रान्ती गर्ने उदेश्यले कृषिमा रसायनको प्रयोग बढेको हो हाल यो अपरिहार्य महसुस गरिन्छ। यसमा राज्यले तथा कृषकले बार्षिक करिव आधि खरब भन्दा बढि रकम बिदेश पठाईरहेका छन । प्रारम्भिक अवस्थामा रसायनले उत्पादन बढाए पनि निरन्तर असन्तुलित
प्रयोग, प्राङ्गारिक बस्तुको प्रयोग न्यून हुदै गएकाले हाल माटोको प्राकृतिक गुणमा ह्रास ल्याइरहेको छ । माटोमा रहेका उपयोगी जीवाणु र साना जीव नष्ट भई माटोको जैविक विभिदतामा खलल पुगेको छ । माटो कडा र अम्लिय बन्दै गईरहेको छ । यसले उत्पादनमा त ह्रास भईनै रहेको छ, जसले माटो भविश्यमा कृषि गर्न
अयोग्य हुने देखिन्छ ।

माटोमा असन्तुलित मल खाद्यको प्रयोगबाट बिशेषत कृषकको रोजाईको युरिया मात्रैको प्रयोगले बिरुवामा अन्य शुष्म खाध्य तत्वको अभाव देखी बिरुवा रोगी देखिन्छन । यस्ता कुपोषित बिरुवाबाट उत्पादन भएका फल तथा त्यसको उपभोग्य बस्तुबाट मानिसलाई समेत कुपोषित बनाउने पोषण बिज्ञको भनाई छ । हेर्दा स्वस्थ देखिने मानिसको रगतमा क्याल्सियम,आईरन, जिङ्क जस्ता तत्वको कमि देखिएको यस क्षेत्रमा संलग्नहरु जनाउछन। माटोमा आवश्यक खनिज तथा पोषक तत्वको कमी हुँदा बिरुवाले पर्याप्त पोषण प्राप्त गर्न सक्दैन। सोही कारण उत्पादन हुने खाद्यान्नमा पोषक तत्वको मात्रा घट्न सक्छ। यस्ता खाद्यान्नको दीर्घकालीन सेवनले मानव शरीरमा पनि केही आवश्यक पोषक तत्वको कमी हुने जोखिम बढ्न सक्छ। त्यसैले स्वस्थ माटो, स्वस्थ बिरुवा र स्वस्थ मानवबीच प्रत्यक्ष सम्बन्ध रहन्छ । यस्तै आधुनिकता तथा कृषि उत्पादन बढाउने तथा रोग किरा झारपात नियन्त्रण गर्ने नाममा रसायनिक बिषादी तथा हर्मोनको प्रयोग अन्धाधुन्धा अत्याधिक बढि छ, पशुपक्षीमा पनि दुध मासु तथा अन्डा उत्पादन बढाउन हर्मोनको तथा कृतिम भिटामिन तथा फिड एडेटिभको प्रयोग अत्याधिक छ । यस्ता बस्तु बाट उत्पादन भएका सामग्रीको उपयोग गर्दा मानव स्वास्थ्यमा दिर्घकालिन ठुलो असर पुर्याउछ । यसले पर्यावरण तथा समग्र पारिस्थितिक प्रणालिमा खलल पुर्याई रहेको छ ।

देशमा एकातिर कृषि योग्य भुमिको तिब्र खण्डिकरण तथा कृषि पेशामा लागेका मानिसको सङ्ख्या दिन प्रतिदिन घट्दै जानु साथै सहरी क्षेत्र केन्द्रित बसाईसराई तथा बैदेशिक रोजगारले ग्रामिण कृषि क्षेत्र बिनासको बाटोमा जानु अर्कातीर कृषि भईरहेका क्षेत्रमा आधुनिकताका नाममा माटो तथा बालीमा असन्तुलित कृषि रसायनको प्रयोग बढाउनु दुवै कार्यले माटोको स्वास्थ्य, मानव स्वास्थ्यमात जटिलता ल्याउछ नै नेपालमा यही क्रम बढिरहदा भविश्यमा खाध्य सुरक्षामा गम्भिर चुनौती बेहोर्नु पर्नेछ हालको भन्दा पनी पुर्ण
रुपमा खाध्यान्नमा मुलुक परनिर्भर हुनुपर्दछ । बाहिर देख्दा ठिक ठाक अहिले खान पाईरहेको देखिन्छ तर स्थिति नसुध्रिय नेपालको
स्थिति जटिल हुने पक्का छ ।

यसको सहि समाधान भनेको स्पष्ट रुपमा देशको आगामी १०० बर्ष सम्मको जनसङ्ख्याको आङ्कलन गरी खाध्यान्न पुग्ने गरीको कृषि उत्पादन क्षेत्र छुट्याउने र सो क्षेत्रमा खाध्य स्वच्छताका उपाय अवलम्बन गरी कृषि कार्य गर्ने तथा गर्न अभिप्रेरित गर्ने । बजारको खरिद गर्ने भन्दा पनी आफ्ना लागी सकेसम्म आफै उत्पादन गर्ने अभियान चलाउने, रसायनिक मलमा दिदै आएको अनुदान कटौती गरी प्राङ्गारिक मलमा उत्पादनमा अनुदान दिने साथै प्राङ्गारिक कृषिमा जोड दिने। माटो परीक्षणका आधारमा मात्र आवश्यक मात्रामा रसायनिक मल प्रयोग गर्ने। प्राङ्गारिक मल, कम्पोष्ट, गोठेमल, हरियो मल तथा जैविक मलको प्रयोग बढाउने यसका लागि भकारो सुधार, गोठ सुधार, हरियो मल प्रवर्द्धन कार्यक्रमलाई व्यपकता दिने । ट्राइकोडर्मा, माईकोराईजा, ब्युभेरिया, जीवामृत, बिजामृत, घनामृत तथा बिभिन्न किसिमका झोलमल जस्ता जैविक प्रविधि अपनाउने । एकीकृत कीरा व्यवस्थापन क्ष्एः प्रविधि
अपनाई विषादीको प्रयोग न्यून गर्ने । बाली चक्र, अन्तरबाली तथा मल्चिङ प्रविधिको प्रयोग, पशु मलमुत्रलाई माटोमा प्रयोग गरेर माटोको उर्वराशक्ति कायम राख्ने। किसानलाई सुरक्षित विषादी प्रयोग सम्बन्धी नियमित तालिम र जनचेतना प्रदान गर्ने जस्ता कार्य गर्नु पर्दछ । यसका लागि राज्यका साथै किसान र उपभोग्ता पनि सचेत हुनुपर्दछ ।

लेखक बास्तोला कृषि अधिकृतको रुपमा केराबारी गाउँपालिका मोरङमा कार्यरत हुनुहुन्छ ।