समाचार

उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर कृषक आन्दोलनमा

ललितपुर।  किसानहरू आफ्नो मेहनत र पसिनाले मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर आन्दोलनमा उत्रिएका छन्। आन्दोलित कृषकहरूले गोलभेंडाले उचित बजार र मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर विरोध प्रदर्शन गर्दै गोलभेंडाको उचित मूल्य तोक्न माग गरेका छन्। किसानको मेहेनत, श्रम र पसिनाको कदर नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले किसानले एकदमै न्यून भाउमा गोलभेंडा […]

देशभर ५० प्रतिशत धान रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिममा

ललितपुर। देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष सोही अवधिमा ६० प्रतिशत रोपाइँ भए पनि यस वर्ष ५० प्रतिशत मात्र सम्पन्न […]

नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

ललितपुर।  नेपालको कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित “अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३“ आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। “कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि“ भन्ने मूल नारासहित आयोजना हुने प्रदर्शनी नेपाल सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभाग, कृषि […]

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्यांक पेस गर्न कृषिमन्त्रीको निर्देशन

ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति […]

गण्डकीमा औषधीय तथा औद्योगिक गाँजा खेतीको बाटो खुल्यो

पोखरा। गण्डकी प्रदेशमा गाँजा खेतीले वैधानिकता पाएको छ । प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक बिहीबार सर्वसम्मत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। सरकारले संसद्‌मा दर्ता गराएको मूल विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिले लामो छलफल र परिमार्जनसहित संशोधन प्रतिवेदन सभामा पेस गरेको थियो । सोही […]

विष्णुपुर धान प्रशोधन उद्योग स्थापनामा भ्रष्टाचार : बजेट स्वीकृत एउटा, लागत अनुमान अर्कै

ललितपुर।  सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूसहित साना किसान कृषि सहकारी संस्था लिमिटेड विरुद्ध मुद्दा दायर गरेको हो । महतसहित गाउँपालिकाका इन्जिनियर एवं योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश […]

रैथाने बालीबाट रोजगारी सिर्जना गर्ने बेलकोटगढीको नयाँ अभियान

नुवाकोट। बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको युवामुखी १ महिने बेकरी तालिम आज सम्पन्न भएको छ । नुवाकोटको बाघखोरमा आयोजित समापन कार्यक्रममा नगर प्रमुख जगत बहादुर गुरुङले रैथाने उत्पादनलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै स्थानीय उद्यम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्नेमा जोड दिए । समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुङले तालिमको सुरुवातमै प्रशिक्षकलाई मैदाको […]

नवनियुक्त वैज्ञानिकहरूलाई अभिमुखीकरण तालिम सुरु

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न कार्यालयमा खटिने नवनियुक्त वैज्ञानिकहरूका लागि खुमलटारमा अभिमुखीकरण तालिम सुरु गरेको छ। असार २४ गतेदेखि सुरु भएको तालिम असार ३० गतेसम्म सञ्चालन हुनेछ। तालिमको उद्घाटन गर्दै कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि रूपान्तरणको मुख्य आधार कृषि अनुसन्धान भएको बताउँदै नयाँ वैज्ञानिकहरूले किसानका समस्या समाधान गर्ने जिम्मेवारीसहित अनुसन्धानमा […]

उखु किसानको दुई अर्ब भुक्तानी

महोत्तरी। महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रूपैयाँ किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु. एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ […]

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

ललितपुर। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित […]