किसान

चिनी मिलले उखु किन्न आनाकानी गर्दा नवलपरासीका किसान मारमा

नवलपरासी। समयमै चिनी मिल सञ्चालन नहुँदा नवलपरासीका उखु उत्पादक किसान मारमा परेका छन् । चारमध्ये सञ्चालित दुई मिलले पनि खरिदका लागि आनाकानी गर्दा उखु खेतमै सुक्न थालेको छ । उद्योग सञ्चालक चिनीको मूल्यवृद्धि नगरेसम्म सरकारले तोकेको मूल्यमा उखु किन्न नसक्ने अडानमा छन् । नवलपरासीमा इन्दिरा, लुम्बिनी, बागमती र मोहीनी गरी चार वटा ठूला चिनी उद्योग […]

अष्ट्रेलियाको मनग्य आम्दानी छाडी नेपालमा गाईपालन

रत्ननगर। नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक […]

अदुवाले आकर्षक मूल्य पाउँदा किसान दङ्ग

डोटी । अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् । सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा विक्री गरी सकिएको बताए । […]

किबी खेतीबाट मालामाल

अमरगढी। डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले किसान किबी खेतीतर्फ आकर्षित भएका हुन् ।सदरमुकाम नजिकै पर्ने अमरगढी–१ […]

कुखुरापालक किसानको आन्दोलन स्थगित

चितवन। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै आएका छन्। किसानको आन्दोलनको सुनुवाइ नभएको भन्दै पुस एक गतेदेखि कुखुराका चल्ला नकिन्न चिक्स होलिडे गरेका थिए। राष्ट्रिय किसान आयोग […]

पत्याउनुहुन्छ, काउलीको बिउ प्रतिकिलो ८ देखि १० हजार रुपैयाँसम्ममा विक्री हुन्छ

बागलुङ। बागलुङ नगरपालिका–८, सिगानाका टोपबहादुर खड्का, तरकारीको बिउ बेचेर वर्षेनी लाखौंको आम्दानी गर्ने कृषक हुन् । उनले काउली र काँक्रोको बिउ उत्पादन गर्ने गर्दछन् । गतवर्ष १५० किलो काउलीको बिउ उत्पादन गरेर विक्री गर्दा रू। १० लाख आम्दानी गरेको सुनाउँदै उनी भन्छन्, ‘अझै ३० किलो जति बाँकी छ ।’ काउलीको बिउ प्रतिकिलो ८ देखि १० […]

अलैँचीले फर्कायो विद्यार्थी

लमजुङ। गाउँघरका मानिस सहर पसेसँगैँ खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउँन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तारसँगैँ गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो । कक्षा १ देखि तीनसम्मको उक्त विद्यालयमा विस्तारै विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष चार मात्र विद्यार्थी रहेको सिर्जना […]

अधिकृतको जागिर छाडेर गाईपालन

कनचन्पुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ । गाई दुहुन […]

नेपालमा पहिलो पटक कालिज व्यवसाय सञ्‍चालन

काठमाडौँ। नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरिएको छ।काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरेको हो। प्रालिका अध्यक्ष सुशील भट्टराईले चार हजार २०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए।फ्रान्सबाट कालिजको अण्डा ल्याई यहाँ ह्याचरी गरी कालिज पाल्न थालिएको बताउँदै उहाँले फ्रान्सबाट […]

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

भीमदत्तनगर। कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छिन् । ‘बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ,’ चौधरीले भनिन् , ‘चार किलोमिटर हिँडेर […]