अन्तर्राष्ट्रिय समाचार

चीनले उमार्यो चन्द्रमामा पहिलो विरुवा

एजेन्सी। चीनले पहिलो पटक चन्द्रमामा विरूवा उमारेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । विरुवा उमारिएको तस्बिर मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले सार्वजनिक गरेको छ । समाचार संस्था सिन्ह्वाका अनुसार गत ३ जनवरीमा चन्द्रमाको छेउमा अन्तरिक्ष यान चांगअ ४ अवतरण भएको थियो । सो अन्तरिक्ष यान चांगअ ४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको हो । […]

१९ मेट्रिक टन आलु बेच्दा मुनाफा ४९० रुपैयाँ

एजेन्सी।आगरा भारतमा धेरै आलु उत्पादन हुने क्षेत्रमध्ये एक हो । तर यहाँका किसान आलुको बजारभाउ घट्दै र आलु उत्पादनको लागत बढ्दै जाँदा निकै समस्यामा परेका छन् । आगराको बरौली अहीर गाउँका एक किसानले १९ मेट्रिक टन आलु बेच्दा मात्रै ४ सय ९० भारतीय रुपैयाँ मुनाफा कमाएका छन् । आफ्नो उत्पादनको मूल्य कम पाएकोमा दुःखी हुँदै […]

थाइल्याण्डमा पनि गाँजाको औषधीय प्रयोगलाई मञ्जुरी

थाइल्याण्ड। थाइल्याण्डले औषधि बनाउन तथा अनुसन्धान कार्यमा गाँजाको प्रयोगलाई कानूनी मान्यता दिएको छ । नजिकिदै गरेको नयाँ वर्षको सार्वजनिक बिदा शुरु हुनै लाग्दा संसदको अतिरिक्त सत्रले मंगलवार हतारमा ‘नार्कोटिक ऐन, १९७९’ मा संसोधनको पक्षमा बहुमत दिएको थियो । योसँगै औषधीमा गाँजा प्रयोगको बाटो खुलेको छ । पीडा तथा थकान कम गर्न थाइल्याण्डमा गाँजाको प्रयोग गर्ने […]

नवनियुक्त मुख्यमन्त्री, जसले सपथ लिएकै दिन गरिदिए किसानको ऋण माफ

एजेन्सी। भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्रीको सपथ लिँदै कमलनाथले किसानको ऋण माफ गरिदिएका छन् । उनले पहिलो निर्णय मार्फत किसानको ऋण माफको घोषणा गरेका हुन् । चुनावी घोषणापत्रमा कांग्रेसले किसानको ऋण माफ गर्ने उल्लेख थियो । मुख्यमन्त्री कमलनाथले उक्त प्रतिवद्धता पुरा गर्दै यस्तो निर्णय लिएका हुन् । उनले किसानहरूको २ लाखसम्मको ऋण माफ गर्न आदेश दिएका […]

पहिचानको खोजीमा इरानी केशर, जुन संसारभर बहुमूल्य बन्दैछ

टोर्बात – ए हेदारिया, इरान। निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको ‘केशर’ फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ । बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल फुल्दछ । यी […]

विश्वभर सस्तियो खाद्यान्न

एजेन्सी। विश्वमा खाद्य वस्तुको मूल्य घट्ने क्रम जारी छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संस्था (एफएओ)ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार अक्टोबरमा खाद्यान्नको मूल्य मापन गर्ने खाद्य मूल्य सूचक औसत १ सय ६३ दशमलव ५ अङ्क रहेको छ । यो सूचकमा एफएओले कमोडिटिज डालोेमा आवद्ध अन्न, तेलविजन, डेरीजन्य उत्पादन, मासु, […]

बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

भवानीपट्ना। भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण […]

क्यानडामा गाँजा सेवन अव वैधानिक

एजेन्सी। क्यानेडा सरकारले बुधबार देखि लागु हुने गरि प्रतिबन्धित बस्तु गाँस प्रयोगलाईलाई वैधता दिएको छ। यसरी सरकारले नै गाँजा प्रयोगमा वैधता दिने क्यानेडा उरुगे पछिको दोस्रो देश बनेको छ। आम मानिसको स्वाथ्यमा त्यसले पार्ने असर ,सार्वजनिक कानुन र सुरक्षाको प्रश्नकाबीच क्यानेडा सरकारले राष्ट्रव्यापी रुपमा गाँजाको बजारलाई वैधता दिएको हो। सरकारले लागु गरेको नयाँ कानुन र […]

दक्षिण कोरियालाई किमको २ टन च्याउ उपहार

एजेन्सी/प्योङयाङ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले शान्तिको प्रतीक स्वरुप दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् । कोरियाली शीखर सम्मेलनको समयमा किमले च्याउ उपहार दिने फैसला गरेका हुन् । दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामै भएको समयमा यो उपहार दक्षिण कोरिया पठाइएको छ । उपहारमा दिइएको यो पाइन च्याउ विशेष मानिन्छ । दुई देशको […]

स्ट्रबेरी र स्याउभित्र सियो फेला ! जनजीवन आतंकित

एजेन्सी। अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका मुलुकमा स्ट्रबेरीको मूल्यमा निकै ह्रास आएको छ । कयौं कम्पनीले यस्ता फल आयात तथा बिक्री बन्द गरेका छन् । केहीदिन यता अस्ट्रेलियामा स्ट्रबेरी, स्याउलगायतका फलभित्र सियो पाइएपछि जनजीवन आतंकित हुँदै गएको छ । सोही कारण अस्ट्रेलियाका कम्तीमा पाँच ठूला कम्पनीले आफ्ना ग्राहकलाई बेचेका स्ट्रबेरी फिर्ता लिने घोषणा गरेका छन् । न्यूजिल्याण्डका […]