एजेन्सी। भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्रीको सपथ लिँदै कमलनाथले किसानको ऋण माफ गरिदिएका छन् । उनले पहिलो निर्णय मार्फत किसानको ऋण माफको घोषणा गरेका हुन् ।

चुनावी घोषणापत्रमा कांग्रेसले किसानको ऋण माफ गर्ने उल्लेख थियो । मुख्यमन्त्री कमलनाथले उक्त प्रतिवद्धता पुरा गर्दै यस्तो निर्णय लिएका हुन् ।

उनले किसानहरूको २ लाखसम्मको ऋण माफ गर्न आदेश दिएका छन् । उनको निर्णयमा ३१ मार्च २०१८ सम्म किसानले लिएको ऋण माफ हुने उल्लेख छ । मुख्यमन्त्री कमलनाथले १० दिनभित्र सबै किसानको ऋण माफ हुनेछ ।