मूल्य र उत्पादन घटेपछि काभ्रेका अलैँची किसान निराश

बनेपा।अलैँचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन्। खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैँची किसान मारमा परेका हुन्। २ हजार ८ सयमा बिक्री हुने अलैँची अहिले १ हजार २ सयमा बिक्री भएको र्‍याले गाविसका किसान उपेन्द्र तिमल्सिना बताउँछन्। अहिले अलैँचीमा लाही, कीराको सङ्क्रमण देखिएको […]

चिराइतोको मुल्य बर्षेनी घटदै, किसान चिन्तित

इलाम।इलामको प्रमुख नगदेबालीको रुपमा रहेको चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित हुन थालेका छन्। आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो शुरु गरेका किसान वर्षेनी चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन्। जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका छन्। अन्य नगदेबाली मासेर चिराइतो खेतीमा लागेका किसानहरुले उचित मुल्य नपाउदा […]

राजस्थानमा मेगा फूड पार्क बनाउने योजनामा पतञ्जलि

जयपुर (राजस्थान) । योगा गुरु रामदेवले प्रवर्द्धन गरेको पतञ्जलि आयुर्वेदले भारतको राजस्थानमा मेगा फूड पार्क निर्माण गर्ने भएको छ । डेरी तथा मसला उत्पादनमा हात हाल्ने तयारीमा रहेको पतञ्जलिले राजस्थानलाई आफ्नो यात्रामा समावेश गर्ने चाहना राखेको बताइएको छ । पतञ्जलिले राजस्थान तथा अन्य राज्यबाट मसला खरीद गरेर त्यसलाई प्रशोधन गर्ने कार्य गर्ने रामदेवले बताएका छन् […]

डडेल्धुरामा यस वर्ष सुन्तला उत्पादनमा कमी

डडेल्धुरा। जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ ।बर्सेनि कृषकले सुन्तलाका बिरुवा लगाउँदै आएका भए पनि रोगका कारण बोट सुक्दै जाने, भएका बोटमा पनि सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाँदा उत्पादनमा कमी आएको हो । जिल्लाका बगरकोट, अमरगढी नगरपालिका, गाङ्खेत, रुपाल, भागेश्वर, बेलापुर, मणिलेकलगायत गाविसमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । गत वर्ष जिल्लामा ४३० […]

म्याग्दीमा उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न उत्पादन

म्याग्दी। जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ । विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख १३ हजार ६०० रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८४१ मेट्रिक टन खाद्यान्न जिल्लामै उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद […]

क्षेत्रीय कृषि अनुसन्धान परिषद् मा टर्कीचरा चोरी

वीरगन्ज । बारा जिल्लाको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान परिषद्मा अनुसन्धानका लागि राखिएको टर्कीचरा चोरी भएको लामो समय बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएको छ । टर्कीचरालाई दाना खुवाउँदा फाइदा हुने र रोगसम्बन्धी अनुसन्धानका लागि परिषद्मा राखिएको नौवटा टर्कीचरा चोरी भएको लामो समय बितिसक्दा पनि सो सम्बन्धमा प्रहरीले हालसम्म अनुसन्धान नगरेकाले यसमा […]

पहिलो पटक चिया महोत्सव आयोजना

सोलुखुम्बु । चिया व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको भकान्जेमा बिहीवार पहिलोपटक चिया महोत्सव आयोजना गरिएको छ । डेनमार्कको एसिटी पर्च कम्पनी, हिमालयन प्रोजेक्ट डेनमार्क, हिमालयन प्रोजेक्ट नेपाल तथा सगरमाथा जैविक चिया प्रशोधन सहकारी भकान्जेको संयुक्त आयोजनामा सो महोत्सव आयोजना गरिएको हो । भकान्जेमा उत्पादन गरिएको जैविक चियालाई युरोपको बजारसम्म विस्तार गर्न महोत्सव […]

केराबाट राम्राे आम्दानी

गाईघाट (उदयपुर) । जिल्लाको पूर्वी क्षेत्रका किसानले यस वर्ष दसैँ, तिहार र छठपर्वको अवसरमा केरा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । पूर्वी क्षेत्रका तपेश्वरी, सुन्दपुर, हँडिया र जोगीदहका किसानले दसैँ, तिहार र छठपर्वमा केरा बिक्री गरी रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरेका तपेश्वरी–४ का विष्णुप्रसाद दाहालले बताउनुभयो । सबैभन्दा बढी मालबोक […]

भालुले मह खाइदिन थालेपछि मुगुका कृषक चिन्तित

मुगु। कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८स्थित मुर्मा गाउँका कृषक चिन्तित भएका छन् । मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दुई घार, लोगबहादुर रोकायाका छ घार, रत्नवीर रोकायाका छ घार, […]

झुसिलकिराले तरकारीबाली सखाप

लमजुङ। तरकारीबालीमा झुसिलकिराको प्रकोप बढ्न थालेपछि लमजुङका किसानहरु चिन्तित बनेका छन् । खेतबारीमा लगाइएका साग, काउली, बन्दा भटमासलगायतका तरकारीबाली झुसिलकिराले सखाप पारेपछि किसान चिन्तित बनेका हुन् । लमजुङको सुन्दरबजार, फेदीकुना, भोटेओडार, दुराडाँडाँ, परेवाडाँडाँ, तार्कुु, कुन्छा, गाउँसहर, अर्चलबोटलगायतका ठाउँमा लगाएको तरकारीबालीमा झुसिलकिराले नोक्सानी पुर्‍याएको किसानले बताएकाछन् । एक रोपनी पाखोबारीमा लगाएको मास झुसिलकिराले सखापै पारेको फेदीकुनाका […]