ताप्लेजुङमा यस वर्ष पाँच अर्वको अलैंची उत्पादन

ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्व रुपियाँ बराबरको अलैंची उत्पादन भएको छ । कालो सुनको उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिकटन अलैंची उत्पादन भएको छ । यो उत्पादन […]

गिरिराज कुखुरापालन गर्ने सोचमा हुनुहुन्छ ! यो पढ्नुहोस,घरमै बसि आम्दानी लिनुहोस

गिरिराज कुखुरा अण्डा र मासु दुवै उत्पादनका लागि पालिने र खासगरी छाडा छोडेर र अर्धछाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरुभन्दा रोगहरुसँग लड्न सक्ने र गाउँघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करिब १ किलो र […]

धनियाँ र खुर्सानी ओईलाएर हैरान हुनुहुन्छ !

अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर्दा ओइलाएर सुक्न थाल्छ । तीन–चार दिनमै हरियो खुर्सानी भेट्नोतिरबाट कुहिन थाल्छ । सायद, यो समस्या सबैको भान्सामा छ । तर, आइडिया लगाए समस्याबाट मुक्ति पाउन निम्न लिखित उपाय अपनाउनुहोस । 1. जरासहितको धनियाँलाई पहिले नुनपानीमा पखाल्नुहोस् । कुनै भाँडोमा पानी राखेर जरा मात्रै डुब्ने गरी राख्नुहोस् । हरियो धनियाँ […]

भुई स्याउ (ग्राउण्ड एप्पल)को ब्यावसायिक खेती

मोरङ । मोरङमा पहिलो पटक भुई स्याउ अर्थात ९ग्राउण्ड एप्पल०को ब्यावसायिक खेती सुरु भएको छ । मोरङमा पहिलोपटक ५ रोपनी जग्गामा परीक्षणको रुपमा खेती सुरु गर्नु भएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र ७० हजार रुपैयाँको भुईं स्याउ बेच्नुभयो । घर मै खरिद गर्न पुगेकालाई प्रतिकेजी ७० रुपैयाँका दरले […]

कन्ये च्याउ खेती गर्ने सोचमा हुनुहुन्छ ? घरमै बसि प्रविधिबारे जानकारी लिनुहोस

कन्ये च्याउलाई अंग्रेजीमा “वयष्टर” र ल्याटीनमा “प्लुरोटस” भनिन्छ । सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । कन्य च्याउको खेती परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनु […]

खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट गहुँखेती

कञ्चनपुर। खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् । थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७ र ८ का किसानले १० बिघाभन्दा बढी जग्गामा जिरो टिलेज प्रविधि अपनाएर […]

अब कालिमाटीका सबै पसलमा तरकारीको मूल्य एउटै

काठमाडौं । अब कालिमाटीका सबै पसलका तरकारी तथा फलफूलको मूल्य एउटै हुने भएको छ । कृषि मन्त्रालयका सह–सचिव काशीराज दाहालले कालिमाटीका सबै पसलका तराकारी तथा फलफूलको मूल्य समान बनाउने बताएका हुन् । ‘कालीमाटीका सबै थोक तथा खुद्रा पसल तरकारी तथा फलफूलको मूल्य एउटै हुन्छ, त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण काम गर्नका लागि मन्त्रालय प्रतिबद्ध छ,’ […]

दूधको नयाँ मापदण्ड तयार,मापदण्ड नपुगेका दूध बिक्री गर्न प्रतिबन्ध

काठमाडौं । सरकारले दूधको मापदण्ड निर्धारण गरेको छ। खाद्य ऐन २०२३ अनुसार दूधको मापदण्ड तोकी कार्यान्वयनमा ल्याइएमा ल्याइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधलाई चार भागमा बाँडेर छुट्टाछुट्टै मापदण्ड तोकेको छ। हाल नेपालले पाश्चराइज्ड दूधको मात्रै मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याएको थियो। विभागले फ्याटयुक्त, फ्याटरहित, कम फ्याटयुक्त र सुगन्धित गरी चार प्रकारका प्रशोधित दूधको […]

भूकम्पपीडितले दोस्रो किस्ता पाउने म्याद

काठमाडौं । सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हो । दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले […]

ललितपुरका तीन गाउँपालिकाद्वारा कृषिमा छुट्याएको करोडौ बजेट दुरूपयोग गरि बिलासितामा खर्च

ललितपुर। सरकारले कृषि विकासको लागि छुट्टाएको रकम ललितपुरका तीनवटा गाउँपालिकाले दुरुपयोग गरिएको भेटिएको छ । जिल्लाका तीनवटा गाउँपालिकाले सम्बन्धित क्षेत्रमा प्रयोग नगरी अन्यत्रै खर्च गरेको पाइएको हो । कोन्ज्योसोम, बागमती र महाङ्काल गाउँपालिकाले सरकारले कृषिका लागि विनियोजित गरेका करिब ३ करोड ६६ लाख रकम गाडी खरिद लगायत अन्य क्षेत्रमा खर्च गरेको पाइएको हो । जिल्ला […]