
मोरङ । मोरङमा पहिलो पटक भुई स्याउ अर्थात ९ग्राउण्ड एप्पल०को ब्यावसायिक खेती सुरु भएको छ । मोरङमा पहिलोपटक ५ रोपनी जग्गामा परीक्षणको रुपमा खेती सुरु गर्नु भएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र ७० हजार रुपैयाँको भुईं स्याउ बेच्नुभयो ।
घर मै खरिद गर्न पुगेकालाई प्रतिकेजी ७० रुपैयाँका दरले बिक्री गरेको बताउँदै राईले भन्नुभयो ‘, तराईका बजारमा पु¥याउँदा प्रति केजी दुई सय रुपैयाँ सम्ममा बिक्री भयो । भूईस्याउको माग बढेपछि उहाँले यो बर्ष १० रोपनीमा बाली लगाउनु भएको छ । राईकी पत्नी बीना खजुमले भन्नुभयो –‘भूईस्याउलाई मल पु¥याउँन गाह्रोभयो ।
सडक विकट छ, गोवर मलले मात्र उत्पादन लिन समस्या भयो ,रासायनिक मल गाउँ सम्म पु¥याउन सकिएन, त्यसैले सोचे जति उत्पादन लिन सकिएन । प्रति बोट १० देखि १५ केजी सम्म उत्पादन हुने भुईस्याउ मधुमेह र उच्च रक्तचापका रोगीका लागि उपयोगी हुने बताइन्छ । नारायण राई यतिबेला दुई चार पैसा कमाउनेमा मात्र हुनुहुन्न ।
गाउँ , जिल्ला र राष्ट्रका लागि कृषि उद्यम गरेर नमुना बन्ने सपना बुनिरहनु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको खोर्सानेबाट १७ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय क्षेत्र जेफालेको काखमा राईले कृषि ब्यावसायबाटै ५० बढीलाई रोजगार दिनु भएको छ । गाउँमा कोही जग्गा बेच्ने भए भने राई नै किनीदिनु हुन्छ । भन्नुहुन्छ– सबै सुख खोज्न तराई झरिरहेका छन् । म यही सुख खोजिरहेको छु । उहाँको जग्गामा चिया मात्र छैन् । कफि खेती पनि सुरु गर्नु भएको छ ।
कागती तथा सुन्तला जातको समेत खेती थाल्नु भएका राई भन्नुहुन्छ–धान बाहेक यो भूगोलमा सबै खेती गर्न सकिने रहेछ । उहाँले अम्लिसो,अदुवा पनि झण्डै सय रोपनीमा लगाउनु भएको छ । भन्नुहुन्छ–‘राज्यले सडक,सञ्चार र सुरक्षाको प्रत्याभुति गर्ने हो भने सिंहदेवी मोरङको मात्र होइन , नेपाल कै नमुना कृषि उद्यमको गाउँ बन्न सक्छ । त्यसो त कृषि ब्यवसायमा लगाएको राईको प्रारम्भिक पुँजी स्वदेशमा कमाएको होइन । ११ वर्ष ओमानमा पसिना बगाएर कमाएको सिरिखुरी सबै सम्पत्ति उहाँले कृषि कर्ममा लगाउनु भएको हो ।