खेतीयोग्य माटोमा बढ्दै अम्लीयपन

हेटौँडा। बागमती प्रदेशका विभिन्न जिल्लामा खेतीयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडाले प्रदेशका १३ जिल्लाका ११९ वडामा गरेको माटो परीक्षणका क्रममा माटोमा अम्लीयपनको समस्या बढ्दै गएको पाइएको हो । प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म २० हजार २१२ वटा माटोका नमुना परीक्षण गरिएकामा ८३ प्रतिशत नमुनामा […]

रासायनिक मलको खरिदका लागि अध्ययन कार्यदल गठन

ललितपुर।  नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता (बाइ-ब्याक ग्यारेन्टी) का लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) […]

उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी हुन्छ : सचिव मिश्र

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरुको बक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ । बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सो कुराको जानकारी दिएका हुन् । सचिव मिश्रले उखु किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए । उनले भने, ‘बर्दिया र […]

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा

ललितपुर।  पशु आहार तथा औषधिको मूल्यवृद्धिका कारण उत्पादन लागत बढेको भन्दै चितवनका दुग्ध किसानहरूले दूधको खरिद मूल्य पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको टोलीले बुधबार काठमाडौं आएर कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई […]

तीन लाख किसान सूचीकरणमा थपिए

ललितपुर। पछिल्लो समय करिब तीन लाख किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन् । योसँगै हालसम्म देशभर जम्मा २६ लाख ७९ हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन् । किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, […]

मंसिर १ देखि उपत्यकामा मासु जाँच ऐन लागू गरिँदै

ललितपुर। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौंमा पशु वधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने बताएकी छन् । मन्त्रालयले सोमबार आयोजना गरेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयनको अवस्था र अबको कार्ययोजना’ सम्बन्धी उपत्यकाका स्थानीय जनप्रतिनिधिसँगको छलफलमा उनले उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउन ऐनको अनिवार्य […]

३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

ललितपुर। कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ। बोलपत्रअनुसार खरिद गरिने युरिया मल ३० […]

१० हजार मेट्रिक टन धान किन्दै आरजु राइस मिल

काठमाडौं। देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानहरुलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित आरजु राइस मिल प्रा.लि. ले मधेश प्रदेश विशेषगरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ । प्रस्तावित खरिदको कुल मूल्य करिब ३९ करोड रुपैयाँ भन्दा बढी […]

फेरि बढ्यो अन्डाको मूल्य

ललितपुर।  बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ । संघले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ […]

कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग

हेटौंडा ।  नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले कृषि यान्त्रीकरण तथा प्रविधिको विकास र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारसँग ११ बुँदे माग राखेको छ । संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार बागमती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरलाई भेटेर ज्ञापनपत्र बुझाउँदै कृषि यान्त्रीकरणलाई कृषि क्षेत्रको महत्वपूर्ण लगानीका रूपमा स्थापित […]