‘ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व’ बारे जनचेतना फैलाउँदै राष्ट्रिय कृषि कम्पनी

भक्तपुर। फलफूल तथा तरकारीको स्वच्छता, सन्तुलित आहार र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कृषि कम्पनी नेपाल लि. आयोजना गरेको ‘ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथि तथा समाजसेवी एवं व्यवसायी सुरबहादुर श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कम्पनीका […]

उखु किसानका लागि १ अर्ब ५० करोड अनुदान स्वीकृत

ललितपुर। सरकारले उखु किसानलाई रु. एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको निजी सचिवालयले जनाएको छ । अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु […]

नेपाल भुमि बैंक लिमिटेडको ‘प्रथम वार्षिक साधारण सभा’ सम्पन्न

काठमाडौं। नेपाल भुमि बैंक लिमिटेडको ‘प्रथम वार्षिक साधारण सभा’ काठमाडौंकोमा सम्पन्न भएको छ । अधिकृत पूँजी २५ करोडबाट स्थापना भएको सो बैंकले न्यूनतम अवधि भित्र आइपियो जारी गर्ने जनाएको छ । बैंकले कृषकहरुबाट उत्पादित वस्तुको उचित बजारीकरणका लागि राष्ट्रिय खाद्य बैकसँग समन्वय गरी बजार विस्तार गर्ने र कृषि क्षेत्रको विकासमा केन्द्रित रहने राष्ट्रिय खाद्य बैंकका […]

काठमाडौंमा नेपाल एप्पल फेस्ट २०२६ हुने, १५ प्रकारका नेपाली स्याउ एकै ठाउँमा

ललितपुर। नेपाली स्याउको बजारीकरण र प्रवर्द्धनका लागि काठमाडौंमा नेपाल एप्पल फेस्ट २०२६ आयोजना हुने भएको छ।उत्पला क्याफेको सहकार्यमा मेरो किसान र कृषि प्रेसको सहयोगमा आयोजना गर्न लागिएको मेला असोज २३ गतेदेखि ३ दिनसम्म (अक्टोबर ९, १० र ११) बौद्धस्थित उत्पला क्याफेमा चल्ने क्याफेका म्यानेजर दिपक बोहोराले बताउनुभयो। कृषि प्रेसका संचालक अशोक टण्डनका अनुसार नेपालमा स्याउ […]

पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

ललितपुर। पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बाढीपहिरोबाट प्रभावित सडकमा अवरोध कायम रहेकाले यात्रु तथा ढुवानी व्यवसायीलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र बागमती, गण्डकी तथा कर्णालीका […]

मानव–हात्ती सहअस्तित्वका लागि नेपाल–थाइल्यान्ड साझेदारी

ललितपुर।  मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व प्रवर्द्धनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्यान्डको ‘सेभ एलिफेन्ट फाउन्डेसन’बीच तीन वर्षे समझदारी भएको छ। समझदारीपत्रमा कोषका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र फाउन्डेसनकी संस्थापक तथा निर्देशक साङदुआन चैलेर्टले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार जंगली हात्तीको बासस्थान संरक्षण र मानव–हात्ती द्वन्द्व घटाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, घरपालुवा हात्तीको […]

नार्क र बिग एग्रोबीच पोषिलो गहुँ उत्पादन सम्झौता

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले अनुसन्धान गरी विकास गरेको जिंक तथा आइरनयुक्त ‘जिंक गहुँ-१’ बाट व्यावसायिक रूपमा पोषणयुक्त चक्की आँटा उत्पादन तथा बजार प्रवर्द्धन गर्न बिग एग्रो उद्योगसँग सम्झौता भएको छ । कुपोषण तथा सूक्ष्म पोषक तत्त्वको कमीलाई न्यूनीकरण गर्ने उद्देश्यले नार्क र उद्योगबीच प्राविधिक सहकार्यका लागि सम्झौता भएको हो । सोमबार आयोजित पत्रकार […]

अण्डाको पोषणबारे जनचेतना फैलाउँदै विश्व अण्डा दिवस सप्ताहव्यापी मनाइँदै

चितवन। अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सङ्घका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् […]

पर्व नजिकिएसँगै भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु

मुस्ताङ। दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए । डोल्पाबाट जोमसोम आइपुग्न […]

अण्डाको महत्व बुझाउँदै चितवनमा ‘एग वाक’ हुने

चितवन। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यसवर्षको विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । अण्डालाई सन्तुलित आहारको महत्वपूर्ण हिस्साका रूपमा प्रवद्र्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे आम नागरिकलाई जानकारी गराउँदै दिवस मनाउन लागिएको हो । संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक […]