बीमा नगर्दा किसानले भैंसी सुत्केरी भत्ता पाएनन्

बैतडी। नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भैँसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका […]

आलु खेती र यसको तयारी

आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । संसारका १ सय २५ भन्दा वढि देशमा आलु उत्पादन हुने गरेको छ । अधिकासं देशहरुमा तरकारीका परिकारमा आलुको प्रयोग गरेको पाईन्छ । आलुलाई सर्वमान्य तरकारी वालीका रुपमा मात्र हैन यसका विभिन्न वहुआयमिक परिकारहरु वनाउन सकिन्छ । नेपालमा पनि आलुको उत्पादन उल्लेख्य रुपमा रहेको छ । नेपालमा खेति किसानी […]

सुर्खेतमा नेपालकै पहिलो अत्याधुनिक गोदाम बन्दै

सुर्खेत । सुर्खेतमा नेपालकै पहिलो अत्याधुनिक खाद्यान्न भण्डार (गोदाम) बन्ने भएको छ । प्रस्तावित ६ नम्बर प्रदेशको खाद्य सुरक्षालाई केन्द्रविन्दुमा राखेर कर्णालीमा उत्पादित गेडागुडीलगायत खाद्यान्न भण्डारणका लागि सुर्खेतमा वातानुकूल गोदाम बनाउन लागिएको हो । जापान सरकारको सहयोगमा २ सय मेट्रिक टन क्षमताको गोदाम निर्माणका लागि ३ करोड रुपैयाँ सहयोग प्राप्त भएको नेपाल खाद्य संस्थान शाखा […]

किबी उत्पादनमा वृद्धि

दोलखा। किबी खेती गर्ने किसानको संख्या बढेसँगै दोलखामा किबी उत्पादनमा वृद्धि भएको छ ।जिल्ला कृषि विकास कार्यालयले किबी उत्पादक किसानसँग गरेको अन्तक्र्रियाका क्रममा यस वर्ष १० टन किबी उत्पादन भएको जानकारी दिएको हो । दोलखामा १ सय ५० हेक्टरमा किबी खेती भइरहेको छ ।दोलखाका किसान केही वर्षयता किबी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कृषि […]

चेपाङ समुदायमा आयआर्जनको माध्यम बन्यो बाख्रापालन

चितवन । चितवन जिल्लाको पहाडी गाउँ शक्तिखोरको राजवनमा जाँदा निकै स्यहारले बाख्रा पालेको भेटिन्छ । लगभग चेपाङहरुको मात्रै बसोबास भएको सो ठाउँमा बाख्रा पालन आयआर्जनको राम्रो माध्यम बनेको छ । चेपाङ गाउँका घरहरु खासै राम्रा हुँदैनन् भन्ने धेरैलाई लाग्छ । तर, राजवनमा त्यस्तो निराश भइहाल्नुपर्ने अवस्था पनि छैन । ढुंगा अर्थात स्लेटले छाएको घरको आडमा […]

व्यवसायिक गाईपालनबाट मासिक ८० हजार आम्दानी

चितवन । रत्ननगर–८ बैरियाकी ईश्वरी पुरीले ११ वर्ष विदेशमा पसिना बगाइन् । नेपालमा रोजगारीको अवसर नदेखेपछि रोजगारीकै लागि उनी २०५९ सालमा कोरिया गइन् । कोरियामा दुई वर्ष काम गर्दा पनि सोचेजति पैसा कमाउन नसकेपछि उनी २०६१ सालमा धेरै पैसा कमाउने दाउमा इजरायल गइन् । इजरायलमा ९ वर्ष काम गरेर उनले राम्र्रै पैसा कमाइन् । उनका […]

रोल्पाको सुन्तलाले बजार पाएन

रोल्पा । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् । “आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुन्छ”, धवाङ–९ भूमकी रामकुमारी गुरुङले गुनासो गरिन् […]

अनुदानमा च्याउको बीउ वितरण

रोल्पा। जिल्ला कृषि विकास कार्यालयले आव २०७३÷७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७०० बोत्तल च्याउको बीउ वितरण गरेकोे छ ।कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १२०, होलेरीले १००, इरिबाङले १००, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न गाविसमा २२० बोत्तल च्याउको बीउ वितरण गरेको छ । कृषकको सहजताका लागि […]

बीउका लागि भारतकै भर

झापा। सरकारले बीउ उत्पादन राष्ट्रिय अभियान सञ्चालन गरेर बीउ उत्पादनमा आत्मनिर्भर बनाउन खोजे पनि जिल्लाका कृषक आलुको बीउ खरिद गर्न भारत जान बाध्य छन् । अहिले झापासहित तराईका जिल्लामा कृषकले आलु रोप्ने तयारी गर्दैछन् । जिल्ला कृषि विकास कार्यालयले स्रोत केन्द्रमार्फत कृषकलाई आलुको बीउ उत्पादन गर्न अनुदान दिएको थियो । तर पर्याप्त बीउ उत्पादन हुन […]

मर्कामा अदुवा व्यापारी

काठमाडौं। भारतमा निर्यात हुँदै आएको अदुवामा भारत सरकारले रोक लगाएपछि नेपाली अदुवा व्यापारी मर्कामा परेका छन् । भारतले नेपालमा उत्पादन भएको अदुवामा एल्डी कार्ब भन्ने विषादी प्रयोग गरेको कारण देखाइ आयातमा रोक लगाएको बताइन्छ । सङ्घबाट भारतको बैङ्गलोरकै खाद्य परीक्षण शाखामा परीक्षण गराइँदा उक्त विषादी नभएको पुष्टि भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल अदुवा उत्पादक […]