बाख्रापालन गरेर राम्रो कमाइ

बझाङ।२०४० सालमा एसएलसी पास गरेका गगन सिंह जागिर पाउने आशमा राजनीतिक दलको झोले कार्यकर्ता बन्नुभयो । लामो समयसम्म नेताको पछि लाग्नुभएको उहाँलाई नेताले जागिर लगाई दिने भन्दा पनि आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरे तर जागिर भने मिलेन । त्यसपछि मजदुरीका लागि भारत तर्फ लाग्नुभयो । भारतको मजदुरीमा पनि गगनको मन अडिन नसके पछि आफ्नै […]

मौरीमा नयाँ रोग, किसान चिन्तामा

रुकुम/मौरीपालन व्यवसायमा नयाँ रोगको महामारी देखापरेपछि रुकुमका मौरी पालक किसान समस्यामा परेका छन् । मौरीका लागि प्रख्यात जिल्लाको पिपल र पोखरामा घारबाट मौरी एकासी हराउँदै गएपछि किसान समस्यामा परेका हुन् । कात्तिकको पहिलो हप्तादेखि मह झिक्ने सिजनमा मौरी मासिँदै गएपछि किसानलाई संकट परेको हो । जिल्ला कृषि विकास कार्यालय रुकुमका कार्यालय प्रमुख सहदेव प्रसाद हुमागाईँले […]

पशुपालन क्षेत्रका अगुवाहरु चितवनमा सम्मानित

चितवन। नेपाल कुखुरा व्यवसायी मञ्च चितवनले पशुपालनसँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मल, कृषि तथा वन विश्व विद्यालयकि पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान शंकायका डिन शारदा थपलिया, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. वरिष्ठ पशु चिकित्सक डा. […]

सुन्तला खेतीमा रमाउँदै पूर्णबहादुर

पर्वत । पाङराङ– ८ का पूर्णबहादुर कुँवरलाई यतिबेला सुन्तला विक्री गर्न भ्याई नभ्याई छ । विसं २०६२ देखि व्यावसायिक रूपमा सुन्तला खेती शुरू गरेका कुँवरले अहिले यसलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन् । सुन्तला खेतीलाई व्यवसायको रूपमा अँगालेका कुँवरले वर्षेनि आम्दानी बढाउँदै लगेका छन् । २०७० सालमा २ लाख, २०७१ मा ३ लाख […]

स्टिकर हेरेर किन्नोेस मनकामनाको सुन्तला

गोरखा । तपाईं मनकामनामा उत्पादन भएको रसिलो सुन्तला खान चाहिरहनुभएको छ तर व्यापारीले अन्यत्रकै सुन्तला दिएर मनकामनाको हो भन्दै ढाँटेका छन् भने अब चिन्ता लिनु पर्दैन । तपाईँले चाहेअनुसार नै मनकामनामा उत्पादित स्वादिलो सुन्तला स्टिकर टाँसेर बजारमा झारिएको छ । सुन्तलाको दानामा टाँसेको ‘मनकामनाको सुन्तला’ स्टिकर हेरी घरछेउको बजारबाट मनकामनाको सुन्तला सजिलै किन्न सक्नुहुन्छ । […]

नार्कको जग्गा फिर्ता नहुँदा अनुसन्धानमा समस्या

सुर्खेत । सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) को जग्गा नेपाली सेनाले अझै फिर्ता गरेको छैन । जग्गा फिर्ता नहुँदा कर्मचारी व्यवस्थापनदेखि कृषि अनुसन्धान कार्यक्रम समेत प्रभावित भएको नार्कले जानकारी दिएको छ । नार्कको जग्गा विसं. २०६३ देखि ६८ सालसम्म लगातार माओवादी छैटौँ डिभिजन जनमुक्ति सेनाको शिविर व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो । […]

उचित मूल्य नपाएपछि टिपिएन सुन्तला

पाल्पा। सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने रु ८० […]

साना किसान सहकारीमा दैनिक २ हजार लिटर दूध सङ्कलन

रौतहट । रौतहटको चन्द्रपुर १२ स्थित सन्तपुर मटिऔनमा रहेको साना किसान कृषि सहकारी संस्थाले दूध सङ्कलन गर्न थालेको छ । अहिले तीनसय जना कृषकको दैनिक दुई हजार लिटर दूध सो सहकारीमा सङ्कलन हुने गरेको छ । सङकलित दूध डिडिसी हेटौंडा, नेपाल डेरी काठमाडांै र सुजल डेरी पोखरामा खपत हुने गरेको संस्थाका साहयक प्रवन्धक भेषराज खतिवडाले […]

खसीको मासुको मूल्य बढ्यो

सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । यसअघि प्रतिकिलो ५ सयमा विक्री हुँदै आएको खसीबोकाको मासु बढेर ६ सय रुपैयाँ पुगेको सुर्खेत मासु व्यवसाय सङ्घले बताएको छ । जिल्लाबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायत ठूला शहरमा खसी, बोका निर्बाध रूपमा बाहिरिन थालेपछि मासुको मूल्य बढेको व्यवसायीले बताएका छन् । सीधै किसानबाट बढी मूल्य दिएर […]

तरकारी अब अनलाइन सपिङमा

नुवाकोट। गाउँमा उत्पादन हुने काउली, बन्दा, फलफूललगायत स्थानीय उत्पादनलाई प्रचारमा ल्याउन वेभसाइट सञ्चालनमा आएको छ । नुवाकोटको चतुराले गाउँका स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि पर्यटन व्यावसायी बासुदेव पाण्डे र अर्जुन पाण्डेको संयुक्त प्रयासमा www.chaturale.com मार्फत अब अनलाइन सपिङ हुने भएको हो । शनिबार चतुराले बजारमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटा र डा. हेली साओले […]