चितवन। नेपाल कुखुरा व्यवसायी मञ्च चितवनले पशुपालनसँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मल, कृषि तथा वन विश्व विद्यालयकि पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान शंकायका डिन शारदा थपलिया, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. वरिष्ठ पशु चिकित्सक डा. डिल्लीराम सेढाई, राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालाका प्रमुख दयाराम चापागाईलाई सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्च पूर्व अध्यक्ष कपिलबाबु खनाल , नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी, मञ्चका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई, नेपाल अण्डा उत्पादक संघका शिवराम केसी लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले पंक्षीजन्य रोगहरु नियन्त्रण गर्न खुल्ला सीमा क्षेत्रमा उच्च निगरानीका कार्यक्रमहरु गर्न लागेको जानकारि दिए ।
उनले पशुपंक्षी सम्बन्धी बनेको कार्ययोजना सरकारबाट पारित भएलगत्तै किसानहरु लक्षित विशेष कार्यक्रमहरु थपिने बताए । नीति कार्यान्वयन गराउन एक महिनादेखि गृहकार्यमा लागिएको बताए ।
कार्यक्रम नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष शंकर प्रसाद कँडेलको अध्यक्षतामा भएको हो । यसैबीच, राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरले भरतपुरमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा प्रयोगशालाका प्रमुख दयाराम चापागाई, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डिल्लीराम सेढाई, पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।