इलामबाट वार्षिक २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी

इलाम। इलामबाट वार्षिक २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी हुने गरेको छ । काउली मात्र वार्षिक १ अर्ब ५० करोडभन्दा बढीको निकासी हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा उत्पादन भएको तरकारीमध्ये साढे दुई अर्बभन्दा बढीको तरकारी निर्यात भएको छ । यहाँ उत्पादित तरकारी छिमेकी जिल्लासहित […]

चिया किसानका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं। साना चिया किसानले चियाको मूल्य नपाएकोलगायतका समस्या समाधानका लागि कृषि विकास मन्त्रालयले अधिकार सम्पन्न कार्यदल गठन गरेको छ । कार्यदलले १८ वर्षदेखि हरियोपत्तीको मूल्य नबढेको, किसानले निर्माण गर्दै गरेको चिया कारखानालाई अनुदान कटौती भएको र अक्सन मार्केट सञ्चालन गर्नुपर्नेलगायतका किसानका माग सम्बोधन गर्न सिफारिस गर्ने भएको छ । चिया तथा कफी विकास बोर्डका अध्यक्ष […]

वैदेशिक रोजगारी र सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझो

म्याग्दी।एक तिहाइभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको छ । वैदेशिक रोजगारी र सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिने समस्या बढेको हो ।तीस हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिए । कुल खेतीयोग्य जमिनको […]

बाँदर धपाउन प्रशासनसँग किसानको माग

खोटाङ। खोटाङको दिक्तेल नगरपालिकासहित पाँच गाविसका किसानले बाँदर आतंक नियन्त्रणको माग गरेका छन् । खेतबारीमा लगाएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका बालीनाली बाँदरले सखाप बनाइदिने गरेपछि दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका किसानले बाँदर आतंक नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् । बाँदर आतंकले कृषि उत्पादनमा ह्रास आएकाले बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासनलाई गुहार्नु […]

एकै वडामा चौधवटा दुध डेरी

ईलाम। केही समयअघिसम्म मिरमिरे बिहानीसँगै दूध बेच्न हतारो हुुने देउमाई नगरपालिका–१ सावजुुङका दुुग्ध उत्पादक किसानलाई अहिले निकै सहज भएको छ । सहकारीमार्फत दूध बेच्दा बिहान सबेरै काम नगरे दूधै नबिक्ने, तापक्रम बढ्दा दूध फाट्ने र बन्द हड्तालका समयमा दूध खेर जाने समस्याबाट हैरान किसानलाई पछिल्लो समय गाउँमै दूध प्रशोधन गर्ने डेरी स्थापना भएसँगै राहत भएको […]

“विदेशी सहयोगका कारण कृषिनीति असफल”

जुम्ला। व्यवस्थापिका–संसद् सदस्य डिल्लीप्रसाद काफ्लेले विदेशी सहयोगका कारण नेपालको कृषि नीति असफल भएको ठोकुवा गर्नुभएको छ । आत्म सम्मानका लागि सहकार्य क्याड जुम्लाद्वारा आयोजित दिगो कृषिको विकास विषयक बहसमा उहाँले नेपालको कृषि विकास रणनीति असफल भएको दाबी गर्नुभयो । कृषि तथा जलस्रोत समितिका सदस्य समेत रहनुभएका सांसद काफ्लेले नेपालको कृषि विकास रणनीतिमा संशोधनको धारणा राख्ने […]

ब्यबसायिक पशुपालक तथा दुध उत्पादक कृषकहरु व्यवसायबाटै विस्तापित हुने खतरामा

 • बिल बहादुर अधिकारी चितवन । रत्ननगर देबौलीका भिमलाल सापकोटाको को फर्ममा २० वटा गाई छन् । विगत सात वर्षदेखि व्यवसायिकरूपमा गाईपालन गर्दैै आएका उनको पशुपालन व्यवसाय रत्ननगरकै नमुना मध्यमा पर्ने फार्म हो । उनले सोचेजस्तो आम्दानी लिन भने सकेका छैनन् । पशु आहारको मूल्य आकासिएपछि उनको आम्दानी घटेको छ ।‘पहिला जस्तो आम्दानी हुँदैन’, उनले […]

मत्स्यपालन नीति चाँडै:मन्त्री चौधरी

काठमाडौँ। चितवन, झुवानीका थारु महिलाको नृत्यसंगै भृकुटीमण्डपमा आयोजित माछा महोत्सव समापन गरिएको छ ।महोत्सवमा सिपी, शङ्खे किरा (घुङ्गी) लगायत विभिन्नथरिका माछाको जिउँदो तथा तयारी परिकार बिक्रीमा राखिएको थियो । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ ’ भन्ने अभियानकासाथ मङ्सिर ९ देखि सुरु भएको पाँचदिने महोत्सव कृषि विकास मन्त्री गौरीशङ्कर […]

हाते ट्रयाक्टर चलाउदैमा फुर्सद छैन गोपाललाई

लमजुङ । सुन्दरबजार–६, घर्तीटोलका गोपाल घर्तीलाई अहिले खाना खाने फुर्सदसमेत छैन । बिहानैबाट बेलुकीसम्म उहाँ खेतबारी जोत्नमै व्यस्त हुनुहुन्छ । बिहानैबाट खेतबारीमा हाते ट्रयाक्टर पुर्याएर खेतबारी जोत्ने कामले उहाँलाई फुर्सद छैन । खेतबारी जोत्ने हाते ट्रयाक्टर साथमा भएसँगै उहाँको व्यस्तता बढेको हो । व्यस्तता बढेसँगै आम्दानी पनि राम्रै भएको छ । उहाँलाई फोनबाटै पहिले नै […]

रसुवामा आठ महिनामा तीन करोडको गोलभेडा उत्पादन

रसुवा । रसुवामा आठ महिनामा झण्डै तीन करोड रुपैयाँको गोलभेडा उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार ६० हेक्टर क्षेत्रफलमा लगाइएको गोलभेडा खेतीबाट गएको चैतदेखि अहिलेसम्म दुई करोड ९६ लाख रुपैयाँ बराबरको गोलभेडा उत्पादन भएको हो । रसुवामा एक हजार वटा भन्दा बढी टनेलमा पाँच सय ९० मेट्रिक टन गोलभेडा उत्पादन भएको […]