20160906060301_Clipboard12
नयाँ दिल्ली (भारत) । चालू आर्थिक वर्ष २०१६/१७ को पहिलो ५ महीनामा भारतको कफी निर्यातमा उच्च वृद्घि भएको तथ्याङ्क छ । कफी बोर्डले बताएअनुसार अप्रिल–अगष्ट महीनामा कफी निर्यात १८ दशमलव १५ प्रतिशतले बढेर १ लाख ६३ हजार ६ सय १५ टनमा उक्लिएको छ । आर्थिक वर्ष २०१५/१६ मा भारतले १ लाख ३८ हजार ४ सय ७९ टन कफी निर्यात गरेको थियो ।
कफीको निर्यात मूल्यमा कमी आएको र घरेलु उत्पादनसमेत घटेको तथ्याङ्क आए पनि निर्यात भने बढेको छ । यो वर्ष भारतको कफी उत्पादन ८ दशमलव ७५ प्रतिशतले घटेर ३ लाख २० हजार टनमा आउने अनुमान गरिएको छ । यो वर्ष बेमौसमी वर्षा र उच्च तापक्रमका कारण उत्पादन घट्ने विश्लेषण गरिएको छ । भारतीय कफी इटली, रूस, जर्मनी, बेल्जियम र टर्कीमा निर्यात हुने गरेको छ । रासस/पीटीआई