
आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । संसारका १ सय २५ भन्दा वढि देशमा आलु उत्पादन हुने गरेको छ । अधिकासं देशहरुमा तरकारीका परिकारमा आलुको प्रयोग गरेको पाईन्छ ।
आलुलाई सर्वमान्य तरकारी वालीका रुपमा मात्र हैन यसका विभिन्न वहुआयमिक परिकारहरु वनाउन सकिन्छ । नेपालमा पनि आलुको उत्पादन उल्लेख्य रुपमा रहेको छ । नेपालमा खेति किसानी गर्ने हरेक परिवारले आलु लगाउने सिजनमा आलुको खेति नगरेको कमै हुन्छ ।
आलु खेतीका लागि आवश्यक तौर तरिका र अपनाउनुपर्ने सजगकताका वारेमा केही अति आवश्यक जानकारी सहितको एक रिपोर्ट ।
१) आलुका लागि उपयुक्त माटो:
आलु खेतिका लागि हल्का चिसो माटो आवश्यक पर्ने गर्छ । आलु लगाउनुभन्दा पहिले खन जोत गरि माटोलाई खुकुलो पार्नु पर्ने हुन्छ । बढि सुख्खा माटो भएमा सिचाई गर्न सकिन्छ तर सिचाई गरेको ३ देखी ५ दिन सम्म पर्खिई आलु लगाउँदा माटोमा पानीको मात्र आलुका लागि आवश्यकता अनुसारको हुन सक्छ ।
२) जग्गा तयारी:
आलु लगाउने खेत वा वारीलाई २ देखी ३ पल्ट सम्म गोड्नु पर्छ । गोडी सकेपछि त्यसमा खन जोत गरी भएका ठूला ठूला डल्लाहरुलाई फुटाई मसिनो वनाउनु पर्छ ।
३) मलको प्रयोग:
आलु रोप्नु भन्दा पहिले मलको प्रयोग गर्न सकिन्छ । आलु रोप्नुभन्दा पहिले सतहमा मल छर्ने र सामान्य खनजोत गर्ने गर्नुपछ । यसपछि आलु लगाउने समयमा ड्याँगमा गोठेमलका साथै नाईट्रोजन र यूरिया प्रयोग गर्न सकिन्छ । अलुमा विषेश गरि नाईट्रोजन, यूरिया र पोटासको मिश्रण गराई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४) सिचाई:
आलुलाई फसल तयार हुन्जेल सम्म ३ देखी ५ पटक सम्म सिचाई गर्न सकिन्छ । सिचाईको मात्रा मिलाउनमा त्याहाको माटोमा निर्भर रहने वैज्ञानीकहरुले वताएका छन् । माटोको संरचना अनि माटोको तापमान अनुसार सिचाई गर्न वैज्ञानीकहरुको सुझाव छ । आवश्यकता भन्दा वढि सिचाई भए आलुको फल कुहीएर नष्ट हुने डर हुने भएकोले आलुको सिचाई गर्दा विषेश ध्यान दिनुपर्ने हुन्छ ।
५) आलु खन्ने:
आलु १० हप्ता अर्थात साढे दुई महिनामा तयार हुन्छ । आलुलाई खन्दा सुख्खा दिनमा खन्ने गर्नुपर्छ । खन्ने समयमा विषेश ध्यान दिनुपर्ने हुन्छ । फलमा चोट लागे आलुनै विग्रने र कुहीने डर वढि हुन्छ । आलुलाई खनिसकेपछि पानीमा धुनु सवैभन्दा हानिकारक हुन्छ त्यसैले नधोई राख्नुपर्ने हुन्छ ।
६) आलु खेतिमा आउने समस्याहरु:
आलु फलाउन जति सजिलो छ त्यस भन्दा धेरै गाहे यसलाई वचाई राख्न हुन्छ । आलुको तापक्रम मिलाउन नसके कुहिने डर वढि हुन्छ । यसमा रहेको माटो र चिसोपनालाई खनिसकेपछि विषेश व्यवस्थापन गर्न सकिएन भने कुहिन्छ । यतिमात्र हैन आलुमा विषेश प्रकारको किरा लाग्ने गर्दछ जसले भित्र भित्रै खाएर कालो रेखा वनाईदिन्छ जसले आलु खान योग्य हुँदैन । आलुको विउ छनौटमा पनि हामिले विषेश ध्यान दिन सकेनौ भने पनि यसको उत्पादन राम्रो लिन सकिँदैन । आलुमा लाग्ने विभिन्न रोगहरु हुन्छन त्यस्ता रोगबाट वचाउनका लागि नजिकैको जेटिय, सेवाकेन्द्रका कर्मचारी वा जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्ने गर्नु पर्छ । उत्पदान भएको आलुको वजारको कमी भईरहेको छ भने मूल्यमा अस्थिरता, स्थानिय वजारको अभावजस्ता समस्या आलु किसानहरुले व्यहोरी रहेका छन् ।
आलुको सुरक्षा:
आलु खनिसकेपछि भण्डार गर्ने स्थानमा लैजानुभन्दा पहिले घाम नपर्ने सुख्खा स्थामा राख्ने । यसपछि इमी डाक्लोरेपिड १७ दशमलव ८ लाई ५० एल पानीमा मिलाई आलुको दानमा छर्कने । यस्तो प्रक्रिया प्रत्येक दुइृ दुई महिनामा गर्नुपर्ने वैज्ञानीहरुकले जनाएका छन् ।
एग्रोखबरबाट