प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर

बाजुरा। जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० […]

के हो निपा भाइरस ? नेपालमा महामारीको रुप लिन सक्छ -विश्व स्वाथ्य शंगठन

एजेन्सी। निपा भाइरस नेपालमा नि फैलिन सक्ने अनुमान विश्व स्वाथ्य शंगठनले गरेको छ । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन । के हो यो रोग? […]

काठमाडौंमा वर्डफ्लू भेटियो, किसानको लाखौं लगानी डुब्दै

काठमाडौं। केही दिन अगाडि चितवनमा देखिएको वर्डफ्लु सरोकारवाला निकायले सर्तकता नअपनाउँदा काठमाडौंमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । काठमाडौंको उत्तरी क्षेत्र धर्मस्थलीमा वर्डफ्लु देखिएको हो ।उपत्यकामा वर्डफ्लु देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकोे छ । बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अपनाउन आग्रह गरिएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट […]

थप दुई ठाउँमा बर्डफ्लू प्रमाणित, पक्षी नष्ट गरिँदै

चितवन। जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एन्ड रेस्टुरेन्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो। सो रेस्टुरेन्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको […]

चिनीको मूल्य तत्काल नबढ्ने

काठमाडौं। सर्वोच्च अदालतले चिनीको भन्सार शुल्क मूल्यवृद्धि गर्ने निर्णयमा तत्काल रोक लगाउन जारी गरेको आदेश खारेज गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासले मंगलबार सरकारले दायर गरेको भ्याकेट (बदर गर्नु वा रद्द गर्नु) निवेदन अस्वीकार गरेको हो । सर्वोच्च अदालतले गरेको निर्णयमा चित्त नबुझे त्यसको खारेजीको माग गर्दै सरकार भ्याकेटमा जान […]

भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर । खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महीनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३ हजार ४३ मेट्रिक टन मकै आयात भएको […]

बोटल र जारका पानीमा जीवाणु

काठमाडौँ। शुद्ध पिउने पानी भनेर बिक्री गरिने बोटल तथा जारको पानीमा कोलिफम र इकोली नामक जिवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाइन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तरगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका वोटल तथा जारका पानीको नमूनाको परीक्षण गर्दा यस्तो पाइएको हो । केयुकेएल पानी गुणस्तर महाशाखाका […]

अदुवा र बेसारको भण्डारगृह निर्माण

इनरुवा । सुनसरीको धरान उपमहानरपालिकामा अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण अघि बढाइएको छ । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण थालिएको हो । यसबाट अदुवा र बेसार निर्यातमा वृद्धि हुने व्यापारीको विश्वास छ । धरानस्थित कृषि उपज बजारस्थलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अदुवा–बेसार […]

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् । विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले […]

दैनिक ५० हजार लिटर दूध खेर

काठमाडौं। सात वर्षपछि फेरी मुलुकमा मिल्क होलीडे शुरु भएको छ । भारत लगायतका मुलकबाट दूध पाउडर, बटर बढी मात्रामा भित्रिएपछि स्वदेशी दुध विभिन्न प्रशोधन केन्द्रहरुले लिन छोडेसँगै मिल्क होलिडे शुरु भएको हो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाले मिल्क होलीडे इलामदेखि शुरु भएको बताए । उनकोअनुसार अहिले इलामस‌ँगै, चितवन, मेरङ, झापा, तेह्रथुम […]