११ हजार कुखुरा मारियो, ७० लाख क्षति

चितवन। चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा बर्डफ्लू भएको प्रमाणित भएको थियो । खैरहनी नगरपालिका वडा नं।९ सूर्तनीमा बर्डफ्लू देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ नष्ट गरिएको थियो । बर्डफ्लू देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका […]

जमिनको खण्डिकरणप्रति सरकार कडा

काठमाडौं । घरजग्गाको व्यवसाय गर्ने दलालहरुलाई दुखको खबर छ। सकारले घरजग्गाको व्यवसायलाई थप कठीन हुने गरेर बजेटमा व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषियोग्य जमिनको खण्डिकरण र अतिक्रमणमा रोक लगाइने बताइन्। अर्थमन्त्री युवराज खतिवडा जग्गा दलालहरुप्रति निर्म व्यक्ति मानिन्छन्। उनले राष्ट्र बैंकमा […]

५ वर्षभित्र कृषि उत्पादन दोब्बर

काठमाडौं। सरकारले ५ वर्षभित्र कृषिको उत्पादन दोब्बर बनाउने योजना घोष्णा गरोको छ। आर्थिक वर्ष २०७५-७६ को निति तथा कार्यक्रममार्फत राष्ट्रपती विद्यादेदि भण्डारीले कार्यक्रम सार्वजनिक गरेकी हुन्। सरकारले कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गनेृ तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समुचित प्रयोगको निति लिएको छ। मत्स्य उत्पादनमा आत्मनिर्भर, निर्यात […]

योजना माग्दै प्रदेशका कृषि मन्त्री काठमाडौंमा

काठमाडौं । प्रदेश सरकारका कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीहरूले संघीय सरकारसँग योजना मागेका छन्। संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग उनीहरूले कृषि क्षेत्रको विकासका लागि योजना मागेका हुन्। प्रदेश २ का कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री शैलेन्द्रप्रसाद साहले २ नम्बर प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन माग गरे। संघीय सरकारको सहयोग […]

भारतीय पाउडर दूधका कारण नेपाली किसान मारमा

चितवन। दुध विक्री नहुदा कृषकहरु समस्यामा परेका छन् । दुग्ध उत्पादक सहकारी संस्थाबाट दुध खरिद गर्ने निजी डेरीले पछिल्लो समय दुध खरिद नगरेका कारण कृषकहरु समस्यामा परेका हुन् । भारतबाट आउने पाउडर दुधको प्रभावका कारण नेपाली दुधको विक्री कम हुँदै गएको कृषकहरुले बताएका छन् । निजी डेरी उद्योगले कृषकहरुको दुध संकलन हुने दुग्ध सहकारीबाट दुध […]

यातायातका सुबिधा नहुँदा बारीमै कुहियो तरकारी

अर्घाखाँची। अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने पाणिनी गाउँपालिका वडा नम्बर–३, फर्सवामा तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् । व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने उदेश्यले गरेको तरकारी बिक्री नभएर खेतमै कुहेपछि कृषकहरु चिन्तित बनेका छन् । फर्सवामा तरकारी खेती गरेका कृषकहरुले उत्पादन गरेको तरकारी बजार पुर्याउनका लागि उचित सडक र यातायातका साधन नहुँदा […]

उपत्यकामा संचालित अधिकांश मासुपसल मापदण्ड विपरित

काठमाडौं। काठमाडौं उपत्यकाका अधिकांश बधशाला तथा मासुपसल दर्ताविना नै सञ्चालमा छन् । जिल्ला पशु सेवा कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा वडा नम्बर–३ मा गरेको अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका बधशाला अव्यवस्थित रहेको पाइएको छ । उपत्यकामा दैनिक ६५ स्थानका खुला चौर र चोकमा झन्डै ६ सय राँगाभैँसी काटिने गरिएको तथ्यांक छ । तर, काटिनुअघि परीक्षण […]

अव १२ महिनामै कागती खेतीबाट आम्दानी

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ । कागती खेतीको लागी हावापानी ? बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई […]

बिचौलियाको मारमा किसान

कपिलवस्तु। बिचौलियाका कारण जिल्लाका किसानहरू मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् । जिल्लामा एक करोडभन्दा बढीको गोलभेँडा बोटमै कुहिएको किसानको गुनासो छ । बोटभरि लटरम्म गोलभेँडा फले पनि मूल्य नपाएपछि किसानले बिक्री गर्न मानेका छैनन् । बिचौलिया व्यापारीहरूले प्रतिकिलो ५ देखि १० रुपैयाँ मूल्य […]

उखुको भुक्तानी रोकेको विरोधमा आन्दोलन

महोत्तरी। उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ। गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो। उखु उत्पादक कृषक संघ, महोत्तरीले बिहीबार मूलगेटमा बैठक बसी विभिन्न आन्दोलनको कार्यक्रम जारी गरेको […]