डोल्पामा स्याउ उत्पादन घट्ने

त्रिपुराकोट । हिमाली जिल्ला डोल्पामा यस वर्ष स्याउ उत्पादन घट्ने भएको छ । दुई महिनायता पटक–पटकको असिनापानी र हावाहुरीका कारण गत वर्षभन्दा यसवर्ष ७० प्रतिशतले स्याउ उत्पादन घट्ने कृषकले बताएका छन् । आम्दानीको मुख्य स्रोतका रुपमा रहेको स्याउ उत्पादन घट्ने भएपछि कृषक मारमा परेका छन् । यहाँको जुफाल, डाँगीवाडा, सुँ, जिँउ, रङ्ग, गल्ली, लिकु, रह, नाउलालगायतका […]

मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज। बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ । जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ […]

लिने हैन अनुदान !१५ दिनभित्र सम्झौता गर्नु पर्ने

काठमाडौं। पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा तपाईले प्रस्ताव हाल्नु भएको छ रु यदी छ भने तपाईलाई पनि २ लाख रुपैयाँ दिनका लागि सरकारले बलाएको छ । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले मुलुकभरका २५० पशुपन्छी सम्बन्धि उद्योगी व्यवसायीलाई २ लाखको दरले ५ करोड रूपैयाँ अनुदान दिने भएको छ । अनुदान लिनका लागि छनौट भएका संस्थालाई निर्देशनालयले बोलाएको हो […]

कृषि औजार कारखाना स्थापना गरिने

काठमाडौँ। सरकारले कृषि क्षेत्रलाई आधुनिक व्यवसायिक बनाउन कृषि औजार कारखाना स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७५-७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गर्ने बताउनुभएको हो । यस्तै सातवटै प्रदेशमा नुमना कृषि फार्म स्थापना गरिनेछ । उखु किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था […]

४० अर्ब १४ करोडको कृषि बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि कृषि क्षेत्रलाई ४० अर्ब १४ करोड ५ लाख रकम विनियोजन गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत् संघ, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेको गरिएको छ । केपी शर्मा ओली सरकारले चार वटा मन्त्रालय गाभेर एउटै बनाएको नयाँ मन्त्रालयअन्तर्गत संघीय मन्त्रालयका लागि […]

कुखुरा पालक किसानलाई ७५ प्रतिशत अनुदान

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत विगतमा दिंदै आईरहेको प्रस्तावमा आधारमा दिइने अनुदानलाई रोक्दै कुखुरा पालन गर्ने किसानहरुलाई उत्पादनका आधारमा अनुदना दिने घोषणा गरेका छन् । बजेटमा कृषि तथा पशुधन बीमाका विषयमा भने पुरानै ७५ प्रतिशत प्रिमियम अनुदान दिने घोषणा गरिएको छ । १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत हुँदा […]

किसानले लिएको सबै ऋण मिनाहा !

काठमाडौं। सरकारले किसानको सबै ऋण मिनाहाको घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने उल्लेख छ। त्यस्तै, सरकारले २५ हजार नागरिकलाई अनुदानमा गोबर ग्यास बनाइदिने भएको छ। संसदमा प्रस्तुत बजेटमा २५ हजार परिवारलाई गोबर ग्यास दिन ५० करोड अनुदान […]

मौरीपालनका लागि मौरी र घार वितरण

चितवन। मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ । राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको ११५ घार र १५० खाली घार वितरण गरेको हो । प्रधानमन्त्री […]

खेतीयोग्य दुई करोड ६० लाख रोपनी जमीन बाँझैं

काठमाडौँ । आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलफूललगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ । हाल प्रतिमहिना रु एक अर्बको चामल आयात हुन्छ । सरकारले राज्यको आम्दानी र […]

विश्वकै अग्लो स्थानमा रोपियो धान

खलङ्गा। विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा कालीमार्सी धान रोप्न सुरु गरिएपछि सर्वत्र चासो बढेको […]