काठमाडौं। सरकारले किसानको सबै ऋण मिनाहाको घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने उल्लेख छ।

त्यस्तै, सरकारले २५ हजार नागरिकलाई अनुदानमा गोबर ग्यास बनाइदिने भएको छ। संसदमा प्रस्तुत बजेटमा २५ हजार परिवारलाई गोबर ग्यास दिन ५० करोड अनुदान रकम विनियोजन गरिएको छ।

घर–जग्गा कारोबारमा नयाँ प्रावधान :

सरकारले घर–जग्गाको खरिद बिक्रिमा नयाँ प्रावधान ल्याउने भएको छ। अब कम्पनीमार्फत मात्र घर जग्गाको खरिद बिक्रि गर्न पाइने भएको छ। घर–जग्गाको कारोबारमा हुने कल छली रोक्न सरकारले नयाँ व्यवस्था गर्न लागेको हो। बजेट भाषणको क्रममा अर्थमन्त्री डा।युवराज खतिवडाले यससम्बन्धि जानकारी गराएका हुन्।

व्यक्तिगत घर जग्गा खरिद बाहेक कारोबारका लागि कम्पनी अनिवार्य गरिएको हो। यसले जग्गाको मूल्यबृद्धिमा पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ।