काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत विगतमा दिंदै आईरहेको प्रस्तावमा आधारमा दिइने अनुदानलाई रोक्दै कुखुरा पालन गर्ने किसानहरुलाई उत्पादनका आधारमा अनुदना दिने घोषणा गरेका छन् ।

बजेटमा कृषि तथा पशुधन बीमाका विषयमा भने पुरानै ७५ प्रतिशत प्रिमियम अनुदान दिने घोषणा गरिएको छ ।

१३ खर्ब १५ अर्बको बजेट प्रस्तुत हुँदा सबैभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट बिनियोजन भएको छ ।

कुन शीर्षकमा कति बजेट :

भौतिक पूर्वाधार ( १ खर्ब ९ अर्ब )
ऊर्जा ( ८३ अर्ब ८९ करोड ५२ लाख )
खानेपानी ( २४ अर्ब ५ करोड ७५ लाख )
हवाई क्षेत्र ( १९ अर्ब ३५ करोड )
वन तथा वातावरण ( १६ अर्ब ५८ करोड ७५ लाख )
उद्योग वाणिज्य र आपूर्ति ( १० अर्ब ४४ करोड )
पर्यटन ( ५ अर्ब २० करोड ३४ लाख )