काठमाडौं। केही दिन अगाडि चितवनमा देखिएको वर्डफ्लु सरोकारवाला निकायले सर्तकता नअपनाउँदा काठमाडौंमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ ।

काठमाडौंको उत्तरी क्षेत्र धर्मस्थलीमा वर्डफ्लु देखिएको हो ।उपत्यकामा वर्डफ्लु देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकोे छ ।

बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अपनाउन आग्रह गरिएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा ओसार पसार मा समेत रोक लगाईएको छ ।

जसले गर्दा लाखौं रुपैंया लगानी गरि हुर्काएको कुखुरा के गर्ने भन्ने चिन्तामा कुखुरा पालक किसान रहेका छन् ।