समाचार

नुनको मूल्य बढाउने तयारी,३५ करोड अनुदान पाए नबढ्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ । नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा […]

मौसममा बदली : काठमाडौंमा सामान्य बर्षात, मौसममा कहिले आउँछ सुधार ?

काठमाडौं । उपत्यकामा शुक्रवार बिहानवाट मौसममा बदली आएको छ। मौसममा आएको बदलावका कारण सामान्य पानी पर्ने र चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारत हुँदै सुदूरपश्चिमवाट नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले  जानकारी दिइन्। मौसमविद् पोखरेलका अनुसार देशका उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा […]

ललितपुरमा चारदिने अर्गानिक कृषि मेला हुदै

काठमाडौं । ललितपुरमा पहिलो पटक चार दिने अर्गानिक(प्रांगारिक) कृषि मेला हुने भएको छ । ललितपुरको पाटन दरबार संग्रालयमा उक्त मेलाको आयोजना गरिएको छ । आगामी शुक्रबारदेखि सुरु हुने उक्त मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्रांगारिक मल, च्याउ, डेरी उत्पादन, माछा, मासु, हर्वल उत्पादन, मसला, चामल, गहुँ, मकै, दाल, फापरलगायतका ५० वटा स्टांल राख्ने व्यवस्था […]

कुखुराको भालेको पनि बन्ध्याकरण

पाल्पा। सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास […]

पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा. युवकध्वज जिसी

काठमाडौं। सरकारले २८ दिनदेखि रिक्त रहेको पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा युवकध्वज जिसीलाई बढुवा गरेको छ ।कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिसमा परेका थिए । तेस्रो पटक सचिव नियुक्तिका लागि सिफारिसमा परेका जिसीलाई माघ ६ गते बसेका मन्त्रीपरिषद्को निर्णयले सचिवमा बढुवा गरेको थियो । आज मंगलबार मात्र […]

आलुबालीमा देखीने मुख्य रोग डढुवा र त्यसको व्यवस्थापन

संसारका मुख्य खाद्यवालीहरु मध्ये प्रति हेक्टर उत्पादनमा पहिलो र कुल उत्पादनमा चौथो स्थान ओगटने बाली आलु हो । हाम्रो देशमा पनि करिव २०० वर्ष अघि देखि आलु लगाईदै आइएको छ । विउ आलु उम्रन ८ डी .से तापक्रम चाहिने भएता पनि २० डी.से. को तापक्रममा यसको राम्रो उत्पादन हुन्छ । आलु खेतीबाट थोरै जग्गामा पनि […]

२०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने सरकारको लक्ष्य

काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने लक्ष्यअनुसार मन्त्रालयले विभिन्न चरणमा काम गरिरहेको बताए । तराईमा आर्सनिकरहित पानी […]

सिंचाईमन्त्रीसँग पूर्वसिंचाईमन्त्री आक्रोशित

काठमाडौ।  सिंचाई मन्त्री दिपक गिरीले समृद्ध तराई मधेश सिँचाई विकास विशेष कार्यक्रमलाई ओझेलमा पारेको भन्दै पूर्व सिचाई मन्त्री उमेश यादवले आपत्ति जनाएका छन् । माओवादी केन्द्रका नेता समेत रहेका पूर्वमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा सो विशेष कार्यक्रमका लागि वजेट स्वीकृत […]

पर्यटन बोर्डले एकैपटक माग्यो २५ अधिकृत

काठमाडौं। नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो । खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासी/जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ । अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको […]

मन्त्रालयको बिजोग,मन्त्रालयमा न मन्त्री न सचिब !

काठमाडौं। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ पुस ९ गते विनायोजना मन्त्रीमण्डल भागबण्डा गर्न नपुगेर कृषि विकास मन्त्रालयलाई टुक्रइएर पशुपक्षी विकास मन्त्रालय बनाएको थियो। सिंहदरबारभित्र एउटा पशुपक्षी विकास मन्त्रालय छ। तर त्यो मन्त्रालयले अहिले के गर्छ भन्ने कुरा कमैलाई मात्रै थाहा छ। दलहरूलाई मन्त्री भाग लाउनका लागि भनेर अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सो मन्त्रालय […]