काठमाडौं।  काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले मौसम बदली भएको छ । विशेष गरी पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसममा पूर्ण बदली भएर वर्षा भएको छ भने मध्य क्षेत्रको मौसम पनि आंशिक बदली भएको छ ।

मनसुनका गतिविधि सुरु हुन लागेको साथै भारतको विहारमा न्युनचापीय क्षेत्र विकास भएकाले मौसममा बदली भएर वर्षा भएको मौसमविद् सुभाष रिमालले जानकारी दिनुभयो । मंगलबार र बुधबार पनि वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पानी परेसँगै केही दिनदेखि लगातार बढीरहेको तापक्रम पनि घटेको छ । मनसुन सुरु हुने क्रमसँगै अधिकतम तापक्रम बिस्तारै घट्दै जाने र गर्मी कम हुने उहाँले बताउनुभयो ।