समाचार

डढुवा रोगले जुम्लामा कालीमार्सी धान नष्ट

जुम्ला। शनिगाउँ–१ धितालिहीकी वाचु रोकायाको २ हजार ३२ रोपनीमा लगाइएको कालीमार्सी धान डढुवा (व्लाष्ट) रोगका कारण नष्ट भएको छ। एक वर्ष दुःख गरेर उत्पादन हुने धानले ६ महिना परिवार पाल्ने रोकाया यतिबेला चिन्तामा छन्। धापा ९ का रामभक्त खत्रीको ५ सय ७८ रोपनी खेतमा लगाएको धान पनि करिब नष्ट भएको छ। नराकोट गाविस ७ का […]

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ । जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म […]

गोबर र गउँतको प्रयोग गर्न थालेपछि उत्पादन बढ्यो

अर्घाखाँची। दुई वर्ष अगाडिसम्म तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने किमडाँडाका कृषकहरु अहिले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । रासायनिक मलको साट्टा गोबर र गाइको गउँतको प्रयोग गर्न थालेपछि उत्पादन झनै बढ्न थालेको छ । रासायनिक मल र विषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा भएपनि […]

बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय

बुटवल । बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय छ । यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ । यहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्यान, […]

अकबरे खुर्सानीबाट मनग्य आम्दानी

पोखरा। सम्भावना पहिल्याउँदै दृढ इच्छा शक्तिका साथ परिश्रम गर्ने हो भने सानो जग्गाबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, अकबरे खुर्सानीको खेती गर्दै आउनुभएका पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी । वार्षिक छ हजारको धान उत्पादन हुने चार आना जग्गामा लगाएको अकबरे खुर्सानी खेतीबाट दुई लाख भन्दा वढी आम्दानी गरेर कृषक भण्डारी उदाहरणीय […]

अनुदानमा पाएको बीउले धान नफलेपछि किसानले गरे क्षतिपूर्तिको माग

धादिङ । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग गरेका हुन् । गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दिनाथ १ नामक धानको बीउ […]

जब पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सय वटा च्याङग्रा किनेर लगे………

भक्तपुर। दसैँको लागि मुस्ताङबाट ल्याइएको भेडा-च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा झण्डै दुई हजार वटा भेडा–च्याङ्ग्रा बेच्न ल्याएकोमा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सय वटा च्याङग्रा किनेर लगेपछि अभाव भएको हो । बुधबार हेलम्बुको जंगलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरुलाई पनि पशु वध नगर्न आग्रह गर्ने भन्दै आएको समूहले प्रति च्याङ्ग्रा १९ हजार रुपैयाँका […]

आफैँ किसान, श्रमिक अनि साहु

मोरङ। आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । […]

शुरु भयो अलैँची र चिया अनुसन्धान कार्यक्रम

धनकुटा । चिया र अलँैची अनुसन्धान कार्यक्रम यस वर्षदेखि राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रम पाख्रिबासले शुरु गरेको छ । नेपालभरिका पूर्वी पहाडी क्षेत्रका अलैँची र चियाको क्षेत्रमा अनुसन्धान गर्ने उद्धेश्यले नेपाल कृषि अनुसन्धान परिषद्ले २०६४ सालमा यो कार्यक्रम शुरु गरेको थियो । स्थापना कालमा कृषि अनुसन्धान केन्द्र पाख्रिबासको मातहतमा रहँदा अनुसन्धान कार्यक्रम नचलेपछि परिषद्ले कार्यक्रमलाई […]

पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए

दसैंका लागि हिमाल पारीको जिल्ला मुस्ताङबाट पोखरामा ल्याइएका च्याङग्रा । तस्विरः रासस पोखरा। दसैँका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिएका छन् । विशेष गरी मुस्ताङबाट त्यहाँका स्थानीय कृषकका साथै अन्य ठाउँबाट गएका व्यवसायीले दसैँका लागि भेडा तथा च्याङ्ग्रा खरिद गरी पोखरामा ल्याएर बिक्री गर्ने गरेका छन् । दसैँका लागि पोखराको टुँडिखेलमा ल्याइने च्याङ्ग्रा यतिखेर हेमजा, […]