समाचार

स्याङ्जा बन्ने भयो सुन्तला जोन

वालिङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो । ‘स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ’ प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

खाद्य संस्थानको चामल बिक्री भएन

सल्लेरी (सोलुखुम्बु)। नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताउनुभयो । खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो । उहाँ भन्नुहुन्छ, संस्थानमा […]

मुगुमा सरकारी अनुदानको खाद्यान्नमा अनियमितता रोकिएन

मुगु। विकट हिमाली जिल्ला मुगुमा खाद्यान्नमा अनियमिता रोकिनु भन्दा झनै बढ्दै गएको छ । अभाव र विकटताले ठगिएका मुगुवासीमाथि जिम्मेवार निकायबाटै बारम्बार ठगी हँुदै आएको छ । सरकारी अनुदानको खाद्यान्नमा समेत तोकिएको मूल्य भन्दा बढी लिएर मुगुवासीलाई मार्ने काम भइरहे पनि कुनै निकायले ध्यान दिन सकेको छैन । केही दिन अघि मुगुको पुलु डिपो अन्र्तगत […]

नेपालको माटोमा तरकारी खेती गरी लाखौ कमाउँदै भारतीय किसानहरु

झापा । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गरिरहेका छन् । युवाको अनुपस्थितिले गाउँघर सुनसान मात्र नभई कृषि प्रधान यो मुलुकको धेरै खेतखलिहान बाँझो नै छ । तर यही माटोमा सुन फलाउँदै ठूलो परिमाणमा रकम आफ्नो देश भित्र्याइरहेका छन् भारतीय किसानहरुले । […]

संखुवासभामा पाइने असला माछाको माग बढ्यो

संखुवासभा। पूर्वमै प्रख्यात संखुवासभामा पाइने असला माछाको माग बढेको छ । संखुवासभाको सभा, हेवालगायतका स्थानीय खोलामा पाइने असला माछा छिमेकी जिल्लासहित विदेशसम्म निकासी हुन थालेपछि माग बढेको हो । माछा सुकाएर पेरुङ्गोमा प्याक गरी कोसेलीका रुपमा धनकुटा, सुनसरी, मोरङसहित अमेरिका र युरोपका देशमा कोसेलीको रुपमा पठाउने गरिएको छ । प्रतिपेरुङ्गो एक हजारदेखि एक हजार ८ […]

उत्पादन बढाउन बारामा तीन दिने माछा महोत्सव सुरु

बारा। माछाको उत्पादन बढाउन र उत्पादित माछाको बजारीकरणको लागि सदरमुकाम कलैयामा बिहीबारदेखि तीन दिने मत्स्य महोत्सव शुरु गरिएको छ।जिल्ला कृषि विकासकार्यालयलगायतका सरकारी निकायहरुको सहयोग र नेपाल मत्स्य व्यवसायी संघले आयोजनामा शुरु गरिएको महोत्सवको उद्घाटन कृषी मन्त्री गौरीशंकर चौधरीले गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले माछा पालनमा किसानलाई राम्रो आम्दानी हुने भएकोले माछा पालनमा […]

राष्ट्रिय किसान आयोग पदाधिकारी चयन गैरकानूनी

काठमाडौं। माघ ६ गते मन्त्रीपरिषद्ले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णयसंगै पदाधिकारी नियुक्ति गर्न जुरमुराएको कृषि विकास मन्त्रालयको प्रक्रिया गलत भएको विभिन्न कृषि विज्ञहरु एवं राजनीतिक दल निकट भातृसंगठनहरुले बताएका छन् । मन्त्रालयले आफ्नै वेवसाईट मार्फत पाँच दिने सूचना प्रवाह गरी किसान आयोगका पदाधिकारी चयन गर्न अगाडि सारिसकेको छ ।आवेदनको बुझाउने म्याद माघ २५ गते […]

जिल्ला पशु सेवा कार्यालयको बजार अनुगमन औपचारिकतामा सिमित

म्याग्दी। सरकारी निकायहरुले बेनीमा गर्ने गरेका बजार अनुगमन प्रभावहिन भएका छन् । नियम मात्र पुर्याउने तरिकाले गरिएका बजार अनुगमनले कुनै परिवर्तन ल्याउन नसकेको उपभोक्ताहरु बताउँछन् । बजार अनुगमन टोलीले बेनीका मासु व्यवसायीहरुलाई मूल्यसूची राख्न र मूल्यमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । पटक पटक गरिएका यस्ता अनुगमनले बजारलाई सुधार ल्याउन सकेको छैन । अनुगमन […]

कुखुराको मासुको मूल्य बढ्यो

चितवन। ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ […]

व्यापारीको खेल, नेपालगञ्जको अंशु ट्रेडिङले गर्यो चामल मा झेल

बाँके। कनिकाको भन्सार गरेर चामल ल्याउने गरेको पाइएको छ। मंगलबार बिहान बाँकेको चौलिक्कामा युपी २२ सी ९८०४ नम्बरको ट्रक पल्टिएपछि यस्तो खुलासा भएको हो। बीचमा चामल राखेर आएको उक्त ट्रकले नेपालगञ्ज भन्सारमा कनिकाको राजश्व तिरेको थियो। ट्रकमा कनिका चार सय र चामल चार सय बोरा रहेको थियो। व्यवसायीले भने आठ सय बोरा कनिकाको भन्सार तिरेका थिए। […]