चैत १५ सम्म घरको जग हालिसक्न भूकम्पपीडितलाई प्राधिकरणको समयसीमा
काठमाडौं। पहिलो किस्ताको पचास हजार रुपैयाँ अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई घरको जग बनाइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चैत १५ सम्मको समयसीमा दिएको छ। विभिन्न अनुगमनमा पहिलो किस्ता लिएर घर नबनाउने धेरै पाइएकाले मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले चैत १५ सम्म प्रक्रिया पु¥याई दोस्रो किस्ताको रकम लिइसक्न भनेको हो। ‘पुस १५ सम्ममा पहिलो किस्ता लिएका […]





