पोखरा । कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ ।जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिए ।
यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ । सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको न्यौपाने बताउँछन् ।
सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द« गौचनले बताए ।
गौचनले करिब रु दुई करोडको ट्राउट माछा बिक्री गर्दैआएका छन् । “हालसम्म रु चार करोड लगानी भइसकेको छ,” गौचनले भने ।
अघिल्ला वर्षमा सिन्धुपाल्चोक र नुवाकोटबाट भुरा ल्याउने गरेकामा यस वर्षदेखि प्रालिले भुरा उत्पादन सुरु गरेको छ ।
यस वर्ष साढे चार लाख भुरा उत्पादन गरेको र करिब एक लाख भुरा बिक्री गरेको गौचनले बताउनुभयो । कास्कीकै गण्डकी ट्राउट फार्म, माछापुच्छ«े कृषि केन्द«, मर्दीखोलाका दुई ट्राउट माछा फार्मले ट्राउट माछा उत्पादन गर्दै आएका छन् ।