काठमाडौं। राष्ट्रिय किसान आयोग गठन नहुदै राजनितिक विवाद देखिएको छ । विज्ञापन निकालेर आयोग गठन गर्ने प्रकृयाको विरोध गर्दे सत्तारुढ नेपाली काग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट किसान संघ संगठनहरुले विरोध गरेको हो ।

यदपी चर्को विरोध र बहिष्कारका बीच सत्ताको नेतृत्व गरिरहेको दल नेपाक माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठ किसान आयोगका अध्यक्ष बन्ने लभगभ पक्का पक्की भएको छ ।

संवैधानिक अंगका रुपमा स्थापित हुनु पर्ने राष्ट्रिय किसान आयोग भागबण्डाका लागि बनेको आयोग जस्तै बन्न पुगेको भन्दै सत्तारुढ नेपाली काग्रेस निकट किसान संघका सभापति भानु सिग्देलले आफु जागिर खान बनाएको आयोगमा समावेश नहुने जिकिर गर्नुभयो ।

जागिर खानका लागि आवेदन भरे जस्तै गरी गठन गर्न लागिएको राष्ट्रिय किसान आयोगमा आफुहरुले निवेदन नहाली आयोग गठनको विरोध नभई प्रकृयाको मात्र विरोध गरेको प्रतिक्रिया दिनुभयो ।

कृषि मन्त्री गौरी शंकर चौधरीकै कारण पनि श्रेष्ठ आयोगका अध्यक्ष बन्नेमा ढुक्क छन् । यतिखेर सरकारको नेतृत्व माओवादी केन्द्र र कृषि मन्त्री पनि माओवादी केन्द्र भएका कारण सम्भवत मंगलवार बस्ने मन्त्रीपरिषद्ले घोषणा गर्ने आयोगमा चित्रबहादुृर श्रेष्ठ अध्यक्ष हुने लगभग पक्का पक्की भएको हो ।

कृषि विकास मन्त्रालय श्रोतका अनुसार गत शुक्रबार बसेको आयोग पदाधिकारी सिफारिस समितिको वैठकले आयोगको अध्यक्षका लागि चित्रबहादुर श्रेष्ठको नाम कृषि विकास मन्त्री समक्ष सिफारिस गरिसकेको छ ।

कृषि मन्त्री गौरीशंकर चौधरीले आयोगका अध्यक्षमा नियुक्ति गर्नका लागि मंगलवार मन्त्रीपरिषद्को वैठक बसेको खण्डमा राष्ट्रिय किसान आयोगको अध्यक्षमा चित्रबहादुरको नियुक्तिको निर्णय गराउने छन् ।

कृषि विकास मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले किसान आयोग गठन प्रक्रिया नै गैर कानूनी रुपमा गरेको भन्दै अन्य दल निटक किसान संघ संगठनहरुले समेत रोष व्यक्त गरेका छन् ।