समाचार

साना किसान विकास बैंकमा कर्मचारी माग

काठमाडौं ।  साना किसान विकास बैंकले ११ जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि सात जना सहायक र चार जना अधिकृत माग गरेको हो । आवेदन दिने म्याद माघ २५ गतेसम्म रहेको छ।

तटबन्ध बनाउन ६१ करोड सहयोग

काठमाडौँ।भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ करोड ९६ लाख ३० हजार प्रदान गरेको छ । सिँचाइ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले उक्त राशिको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी […]

कृषि विभागले माग्यो १ हजार २२ जना कृषि प्राविधिक

काठमाडौं। सरकारले ल्याएको ‘एक गाउँ विकास समिति एक कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत देशका ७३ जिल्लामा १ हजार २२ जनाका लागि आवेदन माग गरेको छ। कृषि विकास मन्त्रालयको कृषि विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै देशका ७३ जिल्लाका जिल्ला कृषि बिकास कार्यलय मातहातमा गाउँ विकास समितिमा काम गर्ने गरी अस्थायी पदका लागि आवेदन माग गरेको हो। […]

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

पोखरा। पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष ५० हजार आम्दानी गरेकी छन्। नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उनले बताइन्। “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी  दुई सय […]

अष्ट्रलियाले अब कृषि क्षेत्रमा काम गर्नका लागि वर्किङ भिसा दिने

काठमाडौं। अष्ट्रेलियाले कृषि क्षेत्रमा काम गर्नका लागि अष्ट्रेलिया जान चाहनेहरुका लगि भिषा अवेदन खुकुलो पारेको छ ।अष्टेलिया सरकारले आफ्नो मुलुकमा कृषि क्षेत्रमा कार्य गर्न चाहनेहरुका लगि प्रोत्साहित गर्ने नीति पहिलेदेखि नै अख्तियार गर्दै आएको थियो । यही कुरालाई मध्येनगर गरेर अष्ट्रेलियामा कृषकलाई वर्किङ भिसा र कामको अवशर निकै खुकुलो पारिएको हो । अष्ट्रेलिया एउटा देश […]

भारतीय अदालतमा मुद्धा हाल्ने तयारीमा नेपाली जुट उद्योगी

विराटनगर। जोगबनीस्थित भारतीय भन्सार कार्यालयले नेपाली जुट निकासीमा शुक्रबारदेखि ‘एन्टिडम्पिङ’ शुल्क लगाएको छ। भारतीय ‘एन्टिडम्पिङ’ विभागले नेपाली र बंगलादेशी उत्पादनमा यस्तो थप कर लगाएको हो। गत वर्षको अन्तःशुल्क बक्यौता नतिरेको भन्दै जोगबनीस्थित भारतीय भन्सार अधिकारीले अवरोध गर्दा तीन सातादेखि नेपाली जुट उत्पादनको निकासी ठप्प छ। भारतले ‘एन्टिडम्पिङ’ शुल्क पनि थप गरेको छ। नेपालबाट भारत निकासी […]

बीउको माग बढ्दै,संकलन, प्रशोधन तथा भण्डारण स्थल अभावका कारण बीउ अपुग

काठमाडौं। मुलुकमा मुख्य–मुख्य खाद्यान्न बालीका लागि चाहिने उन्नत बीउ अपुग हुने गरेको छ । बीउ उत्पादन तथा वितरणका लागि बजेट न्यून हुनु, बीउको उत्पादन पकेट क्षेत्रको व्यवस्थापन, संकलन, प्रशोधन तथा भण्डारण स्थल अभावलगायतका कारण बीउ अपुग भएको हो । राष्ट्रिय बीउ–बिजन कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक धर्मराज अधिकारीले मुख्य खाद्यान्न बालीका लागि वार्षिक १ लाख ९३ […]

चिया निर्यात गर्न महँगो

इलाम। यहाँका कृषकको अर्थोपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक किलो चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् । चिया निर्यातमा महँगो कार्गो भाडाले अधिकांश उद्योगीलाई […]

कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अपील

झापा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले कृषिमा आधुनिक प्रविधि, सीप र दक्षता भित्र्याएर आर्थिक विकासमा योगदान दिन सुपर जोनले विशेष भूमिका खेल्ने बताए ।कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो […]

विषादी आयात बढ्यो तर रिपोर्टमा घट्यो कसरी ?

काठमाडौं। सरकारी तथ्यांकअनुसार मुलुकमा विषादी आयतमा वार्षिक डरलाग्दो बृद्धि भइरहेको छ । अघिल्लो वर्ष ४ सय ४५ दशमलब ६ टन खास विष आयात गरेको सरकारले यस वर्ष बढाएर १ सय ५० टन खास विष आयत ग¥यो । विषादी आयतको परिमाण यसरी बढेसँगै आर्थिक भार पनि दशौं करोड बढेको छ । तर, यता विषादी परिक्षणालयको रिपोर्ट […]