काठमाडौं। अष्ट्रेलियाले कृषि क्षेत्रमा काम गर्नका लागि अष्ट्रेलिया जान चाहनेहरुका लगि भिषा अवेदन खुकुलो पारेको छ ।अष्टेलिया सरकारले आफ्नो मुलुकमा कृषि क्षेत्रमा कार्य गर्न चाहनेहरुका लगि प्रोत्साहित गर्ने नीति पहिलेदेखि नै अख्तियार गर्दै आएको थियो । यही कुरालाई मध्येनगर गरेर अष्ट्रेलियामा कृषकलाई वर्किङ भिसा र कामको अवशर निकै खुकुलो पारिएको हो ।

अष्ट्रेलिया एउटा देश मात्र नभएर महादेश हो । यहाँ मानव वस्ती बसेको एक शताब्दी मात्र भएको छ । त्यसैले अझै पनि अष्ट्रेलियाको अधिकांश भूभाग खाली नै छन् । खेतीयोग्य जमीनहरु सम्भवतः अष्ट्रेलियामा जति संसारको अरु कुनै मुलुकमा बाँकी छैन होला ।

तुलनात्मक रुपमा अष्ट्रेलियामा कृषि क्षेत्रका लागि दिइने भिसा आवेदन सरल मात्र होइन भिसा पाउने सम्भावना पनि बढी रहेको छ ।
अष्ट्रेलियामा कृषि क्षेत्रमा वर्किङ भिसामा आवेदन उमेरहद ३१ वर्ष तोकिएको छ । यस्तै कृषिमा दक्षता, अंग्रेजी भाषाको ज्ञान र अष्ट्रेलियाको संस्कृति सम्बन्धी इच्छुक हुनुपर्नेछ ।

ओरेन्टेशन कार्यक्रम:

अष्ट्रेलियामा कृषि क्षेत्रमा काम गर्न वर्किङ भिसा प्राप्त गरिसकेपछि सबैभन्दा पहिले ओरेन्टेशन आर्यक्रममा सहभागी हुनुपर्नेछ । यो ओरेन्टेशन अरु ठाउँको ओरेन्टेसन कार्यक्रम भन्दा भिन्न छ । यस कार्यक्रममा समुद्री बसाई, केहि रोचक ठाउँहरुको घुमघाम तथा कंगारुको प्रत्यक्ष अवलोकन गराइनेछ । त्यही क्रममा यहाँको बसाई तथा कामलाई सहज बनाउन बैंक अकाउन्ट, करबारे जानकारी दिनुको साथै अरु सामान्य कुराहरुमा पनि अन्तरक्रिया गरिन्छ ।

के एकभन्दा बढ़ी ठाउँमा काम गर्न सकिन्छ ?

यो भिसा एक काम, एक कामदार अनुरूप हो । त्यसैले इम्प्लोयरको अनुमति बिना तपाईं उक्त काम छोडेर अर्को इम्प्लोयरसँग काम गर्न सक्नुहुन्न । यदि त्यसो गरेमा भिसा रद्द गरी अष्ट्रेलिया बस्ने अनुमति समेत गुमाउनुपर्ने हुनछ । करार सकिएपछि भने सम्झौताको आधारमा त्यों अवसर पनि पाउन सक्नुहुन्छ ।

यो भिसाको अवधि कति हो ?
यो भिसा एक व्यक्तिले १२ महिनाको लागि मात्र पाउँछ । त्यों १२ महिनाको अवधि आउजाउ गरेर पूरा गर्न पनि सक्छ । जस्तो कि २ पटक ६–६ महिना बसेर अवधि पूरा गर्न सकिन्छ ।
कृषि भिसामा आउनेले अष्ट्रेलियामा लामो अवधि बस्न सकिन्छ ?

उहि इम्प्लोयरसँग काम गर्न चाहेमा भिसा सकिएपछि इम्प्लोयरसँगको सम्झौता नवीकरण गर्न सकिन्छ । यदि चाहिने योग्यता पुगेमा, स्थायी बसोवास अर्थात पीआर भिसाको लागि पनि आवेदन दिन सकिनेछ ।

खबर  डबलीबाट