समाचार

तरकारीमा रहेको सिण्डिकेट कहिले सम्म ?

ललितपुर। यातायात क्षेत्रमा जस्तै तरकारीमा पनि डरलाग्दो सिन्डिकेट रहेको उपभोक्तावादी संस्थाले गरेको अध्ययनले देखाएको छ । उपभोक्ता हकहितको आवाज उठाउदै आएको उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेको छ । पछिल्लो समय मञ्चले गरेको स्थलगत अध्ययनमा किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न विभिन्न बिचौलियाको तह पार गर्नु पर्ने देखिएको छ । […]

असिनाले गहुँबाली सखाप

रुकुम पश्चिम। बिहीबार र शुक्रबार परेको असिना पानीले पाकेर भित्र्याउन ठिक्क भएको गहुँ पूरै नष्ट गरेको छ ।अन्न भित्र्याउने बेला असिनाले गहुँ झारेपछि रुकुम पश्चिमका कृषक चिन्तित बनेका हुन् । प्रमुख खाद्य बालीमध्येको गहुँमा ठूलो क्षेति पुगेपछि खाद्यान्न संकट हुने भन्दै कृषकहरु चिन्तित भएका हुन् । असिनाले पाकेको गहुँ कामै नलाग्ने गरी झारेको मुसिकोट–१, का कृषक […]

बिचौलिको अन्त्य नभए सम्म किसानले उचित मूल्य पाउँदैनन्:मन्त्री तामाङ

काभ्रे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तमाङले किसानले तरकारी बिचौलिया मार्फत नभई उपभोक्ता सामु बेच्न पाउनुपर्ने बताएका छन् । बजारहरुले किसानहरुलाई उचित मूल्य दिई व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताउँदै बिचौलियाहरुको अन्त्य गरिनु पर्ने उनले बताए । मन्त्री तामाङले तरकारीजन्य वस्तुहरुको आयातमा राज्यले अर्बौ रुपैंया विदेश पठाउनु परेको अवस्था रहेको बताएका छन् । […]

च्याउ खेतीबाट कसरी हुन्छ लाखौँको कमाई ? च्याउ उद्यमी युवाको अनुभव

डडेल्धुरा। अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज […]

स्याङ्जामा माटोबिना नै तरकारी खेती

स्याङ्जा। यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ । पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो । “रोजगारीको सिलसिलामा […]

असिनाले लाखौंँको क्षति, किसान मारमा

त्रिशूली। हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ ।शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन […]

भैँसी गर्भाधारण अनुसन्धानमा सफल परीक्षण:जुनसुकै मौसममा गर्भाधारण गराउन सकिने

चितवन। नेपालमा भैँसीको न्यून प्रजनन क्षमताको समयमा बाली लगाउने प्रविधिको अनुसन्धान सफल भएको छ ।एउटै मात्र मौसममा प्रजनन हुने भैँसीलाई अनुसन्धानपछि अब नेपालमा जुनसुकै समयमा पनि गर्भाधान गरी प्रजनन गराउन सकिने भएको छ । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका प्राध्यापक डाक्टर भूमिनन्द देवकोटाको टोलीले भैँसीको न्यून प्रजनन क्षमताको समयमा प्रजनन् क्षमता बढाउनका लागि गरेको […]

कृषकका लागि बजेटमा आएका अधिकांश कार्यक्रम घोषणमै सिमित

काठमाडौं। गत वर्षको बजेट वक्तव्यमा उल्लेखित कार्यक्रमध्यै एक दर्जन भन्दा बढि कार्यक्रम घोषणमै सिमित भएका छन् । कृषि विकास मन्त्रालयले घोषणा गरेका कार्यक्रममका लागि खर्च नहुँदा बजेट कार्यक्रम कार्यान्वयनको अबस्था कमजोर बनेको हो । मन्त्रालयका अनुसार सरकारले गत बर्षको बजेटमार्फत कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै सो आर्थिक बर्षदेखि गहूँ र तरकारीमा आत्मनिर्भर हुने घोषणा गरेको […]

प्रदेश ३ को बजेट १ अर्ब २ करोड,दुग्ध विकास बोर्ड र सुरुङमार्ग प्राथमिकतामा

हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये चालू खर्चतर्फ ५४ दशमलव ३७ प्रतिशत अर्थात् ५५ करोड ४८ लाख ६० हजार रुपैयाँ विनियोजित गरिएको छ । प्रदेश सरकारले पुँजीगत खर्चतर्फ ५४ दशमलव ६३ प्रतिशत अर्थात् ४६ […]

कृषिउपजमा शुल्क नलिन भारतको दबाव, नेपालको अर्थतन्त्र चौपट बनाउने दाउ

काठमाडौं। कृषिजन्य उपजमा शुल्क नलिन भारतले नेपाललार्इ दबावमै राखेको छ । हाल भारत र चीनबाट आयात हुने कृषिजन्य वस्तुमा नेपालले पाँच प्रतिशत ‘कृषि सुधार शुल्क’ उठाउँदै आएको छ । तर, यो शुल्क घटाउनुपर्ने दबाव भारतले नेपाललाई दिँदै आएको छ । पहिल्यै सल्टिसकेको दाबी गरिएको यस विषयले  काठमाडौंमा सुरु वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा […]