समाचार

अण्डाको मूल्यमा उच्च वृद्धि

भरतपुर। नेपाल अण्डा व्यवसायी सङ्घले अण्डाको मूल्य बढाएको छ । अण्डा उत्पादन गर्ने व्यवसायीको संस्थाले  प्रतिक्रेट २५ रुपियाँका दरले अण्डाको मूल्यवृद्धि गरेको हो । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले सङ्घको बैठकले अण्डाको मूल्यवृद्धि गरेको जनाउँदै नयाँ कायम भएको मूल्य अनुसार बिक्री वितरण गर्न सबैमा अनुरोध गर्नुभयो । नयाँ मूल्य अनुसार फर्ममा प्रतिक्रेट […]

बाँदर आतंकविरुद्ध उजुरी परेपछि धमाधम पक्राउ

धनकुटा। सुन्दैमा अचम्म लाग्न सक्छ कि बाँदरविरुद्ध पनि उजुरी पर्यो भनेर । हो, धनकुटाका स्थानीय तहमा अहिले बाँदरविरुद्धका उजुरीको संख्या बढ्दै छ । अझ अचम्म लाग्ने कुरा, प्रशासनले पनि धमाधम बाँदरलाई पक्राउ गरेर जेल हाल्न थालेको छ । बाँदर आतंकले जिल्लाका कतिपय स्थानीय तहमा बसाइँ सर्ने अवस्था नै आएको भन्दै स्थानीयबासीले बाँदर नियन्त्रणको माग गर्दै […]

बिचौलियाबिरुद्ध कृषि मन्त्री,रोकिएला तरकारीमा रहेको सिण्डिकेटको जालो

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले तरकारी व्यवसायमा भएको बिचौलियाको सिण्डिकेट बिषयमा छानविन गर्ने भएको छ । किसानले उत्पादन गरेको तरकारीमा बिचौलियाले गरेको चलखेलका कारण किसान ठगिएको र आम उपभोक्ता पनि मारमा परेको समाचार सार्वजनिक भएपछि मन्त्रालयको ध्यानाकर्षण भएको हो । कृषि मन्त्री चक्रपाणि खनालले पत्रकार तथा सरोकारवालासँग बिहिबार छलफल गर्दै भने, ‘तरकारीमा बिचौलिया तथा […]

तरकारीको भाउ अकासियो

काठमाडौँ। अघिल्लो वर्ष वैशाख पहिलो साताको तुलनामा यस वर्षको वैशाखको पहिलो सातामा तरकारीको भाउ १६० प्रतिशतसम्म वृद्धि भएको छ । उपत्यकावासीको मागअनुसार तरकारीको आपूर्ति हुन नसकेका कारण तरकारी महँगिएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष रायो, पालुङ्गो, चम्सुर, तोरी, मेथी र जिरीलगायतको सागको भाउ अझै आकासिएको छ । […]

निजी वनतर्फ किसानको आकर्षण

उर्लाबारी। उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित भएका छन् । कृषि मजदुरको अभावमा दुई बाली धान फल्ने खेत बाँझै बस्न थालेपछि किसान खेतीको विकल्पमा निजी वन लगाउन लागेका हुन् । साविक टाँडीको ४, ५ र ६ नं.वडा (हाल मिक्लाजुङ–४)का किसानले झण्डै छ बिघा जग्गामा वृक्षरोपण गरेका छन् । खेतमा धान बाली लाग्ने भए पनि […]

खाद्य संस्थानमा नयाँ महाप्रवन्धकको खोजी

काठमाडौं। नेपाल खाद्य संस्थानमा महाप्रवन्धक नियुक्तिको प्रक्रिया अघि बढेको छ । दुई पटक पदपूर्तिको सुचना प्रकाशित गर्दा पनि पर्याप्त दरखास्त नपरेपछि महाप्रवन्धक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समितिले पुनः तेस्रो पटक आवेदन मागेको छ ।यसअघि भदौ ९ र माघ ६ गते गरी दुई पटक आवेदन माग गर्दा पर्याप्त दरखास्त नपरेपछि तेस्रो पटक सुचना प्रकाशित […]

श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा

कोलम्बो। श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा परेका छन् । विभिन्न दश जिल्लामा लामो समयदेखि वर्षा नहुँदा करिब पाँच लाख मानिसलाई खानेपानी कै समस्या भएको छ । त्यसैगरी बाली लगाउन नपाएको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । देशको उत्तरी, उत्तरपश्चिमी र पूर्वी क्षेत्रमा रहेका दश जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ […]

एक रोपनीभन्दा कम जमिन खरिद बिक्रीमा रोक

इलाम। आफ्नो नाममा रहेको एक रोपनीभन्दा कम जमिन बेच्नै पाइँदैन भन्दा पत्याउनै गाह्रो होला । तर, इलामका जनप्रतिनिधिले यस्तै नियम बनाएका छन् । सूर्योदय नगरपालिकाले फिक्कल पशुपतिनगर सडक खण्डबाट ५०० मिटर दायाँबायाँ १ रोपनीभन्दा कम जग्गा खरिद बिक्री गर्न नपाउने नियम बनाएपछि स्थानीबासी असन्तुष्ट बनेका छन् । नगरपालिकाले नमूना बस्तीका लागी भन्दै ९ नम्बर वडालाई […]

गाडीका गाडी कुखुरा तस्करी ,सम्बन्धीत निकाय मौन

लाहान। सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि सिराहामा कुखुरा तस्करी गर्ने गिरोह सक्रिय देखिएको छ। बरियारपट्टी, झाझपट्टी, माडर, ठाडी, कुसन्डीलगायत नाकाबाट खुलेआम कुखुरा तस्करी हुने गरेको हो। भारतमा कुखुराको मासु किलोमा ५० देखि सय रुपैयाँ सस्तो भएकाले तस्करी हुने गरेको जनाइएको छ। सीमा क्षेत्रमा खटिएका प्रहरी र सशस्त्रकै मिलेमतोमा कुखुरा तस्करी […]

आठ महिनामै ३० अर्वको खाद्यान्य आयात

काठमाडौं। नेपालले पछिल्लो आठ महिनामा ३० अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ३० अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात गर्नुपरेको हो । स्थानीय उत्पादन बढ्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि खाद्यान्नको आयात बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा […]