समाचार

जनसङ्ख्या दोब्बर, धान उत्पादन कछुवा गतिमा

ललितपुर। असार महिना ‘मानो रोपेर मुरी फलाउने दिन । असार १५ गते धान दिवस । ‘धान उत्पादनमा वृद्धि , राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन […]

तीन वर्ष भित्र नेपाल धानमा आत्मनिर्भर !

काठमाडौं। सरकारले आगामी तीन वर्ष भित्र धानमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ। १५औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आगामी ३ वर्ष भित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको हो। बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा युवकध्वज जिसीले […]

पशुपंक्षी र बाली बीमा नगरपालिकाबाटै

झापा। निजी बीमा कम्पनीले गर्दै आएको पशुपंक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैंले सुरू गर्ने भएको छ । नगर पशुपंक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपंक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तर्क्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए। सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू […]

कृषि प्राविधिक पढेका युवा व्यवसायिक तरकारी खेतीमा

दैलेख। दुल्लु नगरपालिका १३ मालिकाका निम बहादुर भण्डारी कृषि जेटिए अध्ययन गरेका युवा हुन् । बर्दियामा रहेको गुरासँ उच्च माध्यामिक विद्यालयमा १५ महिने कृषि जेटिए पढेका भण्डारी केहि समय जागरिको खोजीमा भौतारिए । सरकारी होस या प्राइभेट भएपनि जागरिको खोजीमा रहँदा भण्डारीले दैलेखको सोसेक संस्थामा रहेर ओजेटि गरे । आजेटि गर्दा गर्दै उनलाई तरकारी खेती […]

मनसुन देशैभर फैलियो : सामान्यदेखि मध्यम खालको वर्षा हुने

काठमाडौँ। यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार क्रमिक […]

अर्ग्यानिक भिलेजलाई सवा करोड बजेट : साउनभित्र सञ्चालन, ५ स्थानमा निर्माण

ललितपुर। ७५ घरधुरी सहभागी हुने अग्र्यानिक भिलेज मुलुकका पाँच स्थानबाट सञ्चालन हुने भएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले सामूहिक कृषिका माध्यबाट पर्यटन प्रवर्द्धन गरी अर्ग्यानिक कृषिजन्य उत्पादनको बजारीकरण गर्न एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरी अर्ग्यानिक भिलेज स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिए । अहिले ५ स्थानमा […]

‘सुनको हलो’ले जोतेको ठाउँमा कृषिमन्त्री धान रोप्दै !

ललितपुर। यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम काठमाडौंको दक्षिणकाली नगरपालिकामा हुने भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका स्थत वडा नम्बर ३ मा असार १५ गते धान दिवसको बिशेष कार्यक्रम गरिने कृषि विभागले जनाएको छ । असार १५ गते देशभरका कृषकले दहीच्युरा खाएर धान रोप्दै मनाउँदै आएका छन् । यो दिन हिलाम्य खेतमा जानुपर्ने […]

कृषिमन्त्री खनालका १०० दिन

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको १ सय दिने कार्य प्रगति विवरण सार्वजनिक भएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन कालिमाटी वजारको अनुगमन गरी नियम विपरित संचालन गर्ने ९८ व्यवसायी उपर कारवाही प्रकृया अगाडी वढाएको उल्लेख गरिएको छ । कृषि बालीहरुको उत्पादन र […]

किसानको अनुदान किसानलाई पुग्नुपर्छःमन्त्री पौडेल

बुटवल।   प्रदेश ५ का भुमि व्यस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको लागि भनेर आएको बजेट किसानकै घर आगानमा पुग्नुपर्ने बताएकी छिन् । उनले विभिन्न दाताबाट आएको रकम लाई कागज मा मात्रै पुरा गर्ने दिन गएको भन्दै उनले अव किसानको लागि आएको अनुदान किसानलाई नै प्रत्यक्ष रुपमा प्रदान गरिने बताएकी हुन । बुधवार किसानका […]

बाँझो जग्गालाई उत्पादनमुखी बनाउन भूमि बैंक स्थापना

पोखरा। उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो । बाँझिएको जग्गा निश्चित समयको लागि बैंकमा राख्न सकिने र तोकिएको […]