समाचार

बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) वितरण गरिने

बुटवल।  दुध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षमा थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने भएको छ । विदेश बाट आयात गरिएको बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि उक्त योजना अगाडी बढाइएको देवदह […]

चिरकालिज लोप हुने अवस्थामा

बेनी। दुर्लभ मानिने चिरकालिज उचित वातावरणको अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एकवर्ष लगाएर जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएको हो । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उनले लामो समय […]

पर्सामा दाल तस्करी

पर्सा।  नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा […]

रोल्पाको तरकारी बुटवलसम्म

रोल्पा। दक्षिण रोल्पाका किसान अहिले व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेकाले यो पेशाप्रति उत्साह थपिएको किसानले बताएका छन् । खेतमा उत्पादन गरेको तरकारीको बिक्रीबाट वार्षिक रु तीन […]

कित्ताकाट फुकुवाको तयारीमा ओली सरकार

रुपन्देही। वर्षमा एक पटकमात्र जग्गाको कित्ताकाट गर्न पाउने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले खारेज गर्ने तयारी गरेको छ । कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहेको र परिवारमा बिखण्डन आएको भन्दै सरकारले फुकुवाको तयारी गरेको हो । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कित्ताकाट फुकुवा गर्ने र उपयुक्त नीति बनाउने विषयमा प्रधानमन्त्री केपी […]

फोहोरबाट मोहर बनाउँदै महिला

लहान। सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आएका […]

कृषि विश्वविद्यालय रामपुरद्धारा आठ नीजि क्याम्पसलाई सम्बन्धन

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक बिएस सिएजी र एउटालाई वन स्नातक बिएससी फरेस्टी पढाउनका लागि […]

२६ जिल्लामा गरिब किसान परिचय पत्र वितरण सुरु

कपिलवस्तु। सरकारले गरिव किसानहरुका लागि वितरण गर्ने भनेको परिचय पत्र २६ जिल्लामा वितरण गर्न सुरु गरेको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका पुगेर गरिब किसानलाई परिचय पत्र वितरण गर्दै शुभारम्भ गरेका हुन । बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परिचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको […]

चामलको परनिर्भरता बढ्न सक्ने

काठमाडौँ। असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान रोपाइँ […]

पक्लिहवा कृषि क्याम्पस प्रशासनद्धारा बिद्यार्थीलाई क्याम्पस छोड्न उर्दि जारी

बुटवल। भैरहवामा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान (पक्लिहवा कृषि क्याम्पस)को गैर जिम्मेवार निर्णयको कारण बिद्यार्थीहरु मर्कामा परेका छन । क्याम्पस शुरु भएको पहिलो दिनमा नै क्याम्पस प्रशासनले सबै बिद्यार्थीहरुलाई क्याम्पस छोड्न उर्दि जारी गरेको छ । क्याम्पसको उर्दिको कारण बिद्यार्थीहरु मर्कामा त परेकै छैन उनिहरु असुरक्षित पनि उत्तिकै छन । अनेरास्ववियु र नेपाल बिद्यार्थी […]