समाचार

जसले २० बोटमा फलेको एवोकाडो बिक्रि गरी २ लाख कमाए

धनकुटा। एवोकार्डोको धनकुटामा व्यवसायीक रुपमै खेति सुरु गरिएको छ । घर कम्पाउण्ड र करेसाबारी भीत्र कतैकतै सौखका लागि एकदुई बोट रोपेको देखिने घिउ फल पनि भनिने एबोकाडोमा ब्यबशायीक भबिष्य देखेका किसान यसतर्फ आकर्षित भएका हुन् । धनकुटा तीन कागतेका दामोदर वाग्लेले करेसाबारीमा हुर्किएका २० बोटबाट गत सिजनमा दुईलाख रुपैयाँको एवोकाडो बिक्रि गरे । राम्रो बजार […]

कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ। विश्वविद्यालयले ८ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए। विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो। विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले प्रशासन र पठनपाठन नियमित सञ्चालनमा आएको बताए। विश्वविद्यालयको […]

प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

पोखरा। गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । ‘विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस्’ भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बोर्डको आवश्यकतालगायत विषयमा आ–आफ्ना धारण […]

गुठीका जग्गाको खोजी

ललितपुर । जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । गुठीका नाममा धेरै जग्गा भए पनि कतिपय जग्गा दर्ताको प्रक्रियामा छ भने कतिपय कहाँ छ भन्ने पत्तो छैन । […]

क्रुर तरिकाले पशुपन्छीको ढुवानी नगर्न सर्बोच्चको आदेश

काठमाडौं। क्रुर र निर्दयी तरिकाले पशु पक्षी ढुवानी नगर्नरनगराउन सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मासु उत्पादनका लागि ढुवानी गरिने पशुपंक्षीमाथि क्रुर र अमानवीय व्यवहार भएको जनाउँदै अधिवक्ताहरु पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले दायर गरेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस प्रकारको आदेश जारी गरेको हो । अन्तरकालीन अन्तरिम आदेश जारी […]

गोलभेँडा भारत निकासी खुल्यो

पाँचथर। भारत निकासि ठप्प रहेको गोलभेँडा निकासि सुरु भएको छ । भारतीय पक्षले निकासि हुने सूचिमा गोलभेडा नपरेको भन्दै रोकेपछि लामो समय देखि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेडाको विक्रि वितरण प्रभावित बनेको थियो । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासि सुरु भएको प्रदेश १ मा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले […]

भैँसीलाई सुत्केरी पोषण भत्ता

रामेछाप। जिल्लामा पहिलो पटक सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषण भत्ता स्वरुप तीन हजार रुपैँया सुत्केरी भत्ता उपलव्ध गराएको छ । सुत्केरी भैँसीलाई राम्रोसँग स्याहारसुसार, खानपिन र आहारविहारमा ध्यान दिनुपर्ने सन्देश जिल्लाको पशुपालक किसानहरुलाई प्रबाह गराउन पहिलो पटक पशु आहार सुत्केरी भत्ता बितरण गरिएको हो। सुनापति गाउँपालिकामा पशुपालन गर्दै आएका सात किसानलाई तीन […]

कृषिमा लगानी बढाईयो तर प्रतिफल बढेन

ललितपुर। कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । कृषि विकास मन्त्रालयले आव ०७३/०७४ मा रु १० अर्ब ७८ करोड अनुदान र कृषि बिकास बैंकले २०७५ असारसम्म रु एक खर्ब ३४ अर्ब ३२ करोड लगानी गरेको छ । कृषि विकास बैंक सरकारको ५१ प्रतिशत लगानी […]

देशभर नब्बे प्रतिशत रोपार्इं सकियो

काठमाडौँ। देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाईं सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाईं भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाईं […]

सिगापुरमा ‘ए’ लेवल पढेर नेपालमा माछापालन

मनाङ । सिगापुरमा ‘ए’ लेवल पढेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढवर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् । समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा सञ्चालन गरिएको यस माछाफार्म हिमाली जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको छ […]