बुटवल। तिलोत्तमा नगरपालिका कृषि विकास शाखाले नरमा पहिलो पटक धानमा अवलम्बन गरेको एस.आर.आई. प्रविधि सफल भएको छ ।

केहीसमय पहिला नगरपालिाकाले प्रदान गरको तालिममा आधरित रहेर तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का किसान चेत बहदुर डमामीले उक्त प्रविधि अनुसार धान रोपेका थिए ।

२५ सेन्टीमिटिर बोट देखि बोट सम्मको दुरी र २५ सेन्टीमिटर ड्यांङ्ग देखि ड्याङ्गको दुरी बनाएर रोपीएको उक्त धानको एउटा बोटमा ३५ वटा सम्म बोट बोट हालेको छ भने सोही अनुसार ३५ वटा धानको बाला लागेको छ ।

कृषि विकास शाखा तिलोत्तमा नगरपालिका प्रविधिक साहायक युवारज ढकालका अनुसार पहिलो पटक परिक्षणको रुपमा डेढ कठ्ठमा लागाइएको धानले राम्रो उत्पादन हुनेमा आफु ढुक्क रहेको बताए ।

सिस्टम अफ राईस ईन्टीग्रेसन(एस आर आई) प्रविधि अपनाइएको उक्त धान ८ दिनको विरुवा रोप्नु पर्दछ । नगरपालिकाले ११ दिनको धानको विउ रोपेका थिए । नगरपालिकाले १ हजार रुपैयाँ मात्रै सहयोगको गरेको थियो ।

प्रविधिक ज्ञान नगरपालिकाले पुर्णरुपमा प्रदान गरेको जानकारी दिदै प्राविधि सहायक ढकालले सोही प्रविधिलाई अपनाएर किसानले धान रोपेको कारण अहिले एउटा बोट बाट ३५ वटा बाला लाग्न सफल भएको बताए ।

अन्य सामान्य धान खेती भन्दा पनि धानको विरुवा रोप्दा लाईन देखि लाईनको दुरी मिलाएर रोप्नुपर्ने नियम छ । किसानहरुले लगाएको धानमा रहेको विभिन्न झारपात समेत उखेल्नको लागि समेत सहज हुने भएको कारण अन्य स्थानमा पनि सोही अनुसारको प्रविधिको विकास गरिने तिलोत्तामा नगरपालिको जनाएको छ । धानको विउ कम लाग्ने भएको कारण किसानहरुको समय, पैसा समेत बचन हुने गर्दछन् ।

तिलोत्तमा नगरपालिक वडा नम्बर ६ कुञ्जलबापुरका किसान चेत बहादुर डगामीको खेतमा उक्त प्रविधि परिक्षण गरिएको हो ।
किसान चेतबहादुर डगामीले उक्त प्रविधि अपनाउँदा धेरै धान उत्पादन बढ्ने अपेक्षा लिएको बताए ।

उनका धान अन्य भन्दा केही अग्लो भएपनि धानको झार गेड्न सजिलो, बाली उपचार गर्न पनि सजिलो भएको छ ।
उक्त प्रविधि अनुसार एक हेक्टर क्षेत्रफलमा धान रोप्दा जम्म ५ किलो धान ले पुग्दछ । अहिले डेढ कठ्ठा धानमा किसानले जम्मा दुई मुठी मात्रै धान रोपेका छन ।

पहिलो खेती गर्दा एक कठ्ठा क्षेत्रफलमा जम्मा डेड देखि दुई क्वीन्टल सम्म धान उत्पादन हुने गरेकोको उक्त प्रविधि अनुसार करिव ३ क्विटल धान उत्पादन हुने अपेक्षा गरिएको छ ।

उद्यपी यसको क्रर्प कटिङ्ग(बाली काट्ने कार्य) गरिएको छ । जसबाट एक मिटर चौडाई, एक मिटर लम्बाई भएको स्थानको धान काटेर त्यसलाई जोखेर पुरै धान खेति गरिएको क्षेत्रको उत्पादन दर पत्ता लगाउन सकिन्छ ।