समाचार

मासुमा पनि भारतकै भर, आयात टनका टन निर्यात शून्य

ललितपुर। नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको मूलुक हो । पशुपालन व्यबसायलाई विविधिकरण, व्यवसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पुर्याउने उदेश्यले २०५२ साल श्रावण १ गते गठन भएको पशु सेवा विभाग, २०७५ साल असार मसान्तसम्म मासुमा नेपाललाई आत्मनिर्भर बनाउने हो भन्दै कम्मर कसेर लाग्यो । तर ,२०७४ सालको सुरुमा नेपालमा संघियताको […]

अस्ट्रेलियाले एक जोडी कंगारु नेपाललाई उपहार दिने

ललितपुर। अस्ट्रेलियाले नेपाललाई एक जोडी कंगारुकंगारु उपहार दिने भएको छ । न्यू साउथ वेल्स राज्यले एक जोडी कंगारु दिन लागेको हो । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणका क्रममा नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा भएको हो । मंगलबार र बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा उक्त राज्यका गभर्नरसँगको […]

साउदीमा सिकेको सीप नेपालमा कार्यान्वयन

वालिङ। यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका छन् । झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आएका छन् । भौतिक संरचना निर्माण तथा गाई […]

अज्ञात रोगले धानबाली नष्ट, मारमा किसान

कालिकोट। यहाँ जिल्लाको खाडाचक्र नगरपालिका ताडी गाउँमा धान भित्र्याउने समय नजिकिँदा धानवाली सुकेर नष्ट भएपछि किसानहरु निराश भएका छन् । अज्ञात रोगका कारण धानका बाला जराबाट बोट नै सुक्न थालेपछि उनीहरू निराश बनेका हुन् । धानको जिउलोभरी धानका बाला सुक्ने समस्या देखिएको किसानले स्थानी किसान बसन्ती विकले वताइन  । ‘बाला सुकेको छ, विस्तारै तर पात सुक्न लागेको […]

चिया उद्योगको सम्भावना खोजीका लागि उच्चस्तरीय कार्यदल गठन

काठमाडौं। चिया उद्योग क्षेत्रमा देखिएका सम्भावनाको खोजी र समस्या समाधानका लागि सरोकारवाला पक्षको संलग्नतामा सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार चिया क्षेत्रको समग्र विकास, समष्टिगत समस्या र चुनौतीलाई सम्बोधन गर्न मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा कार्यदल गठन गरेको हो । कार्यदलमा चिया उद्योगसँग सम्बद्ध सङ्घीय मन्त्रालय र […]

अब सातै प्रदेशमा कृषि औजार बितरण गरिने

ललितपुर। कृषि तथा पशुपन्छि मन्त्रालयका सचिव युवकध्वज जीसीले औजार बितरण कार्यालय खोल्ने तयारी भैरहेको बताउनु भएको छ । राष्ट्रिय कृषक समूह महासंघको ५ औँ सामाजिक लेखाजोखा कार्यक्रममा बोल्दै कृषि सचिव जीसीले यस्तो बताउनु भएको हो । सो अवसरमा उहाँले कृषिमा यान्त्रीककरण नभएको भन्दै सातै प्रदेशमा ‘कस्टम हायरिङ सेन्टर’ का रुपमा कृषि औजार वितरण गर्न पहल […]

सामूहिक खेतीबाट पर्यटन प्रवद्र्धन गर्दै सरकार

काठमाडौँ। सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ । आर्थिक विकास र सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पनि कृषि र पर्यटनलाई परिपूरकको रुपमा अगाडि बढाउन ती परियोजना अगाडि बढाइएको हो । सामूहिक कृषि खेती […]

म्याग्दीको बेनी नगरपालिकाको पुरै गाउँ टिम्मुर खेतीमा

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक टिम्मुर खेतीमा आर्कषित भएका छन् । आधा दशक अगाडीसम्म कौडीको मूल्यमा बिक्री हुने टिम्मुरको स्वदेश तथा विदेशमा माग बढेपछि स्थानीय टिम्मुर खेतीमा लागेका हुन् । खेतबारी, सामुदायिक बनमा फलेको टिम्मुरलाई घरायसी प्रयोगका साथै सदरमुकाम बेनीमा विक्री गरेर कमाई हुन थालेपछि दुईचार जनाबाट सुरू भएको टिम्मुरखेती अहिले गाउँका १ सय […]

भूकम्पपीडितले ३ लाख ऋण पाउने

ललितपुर। भूकम्पपीडितले चाडै नै सहुलियतपूर्ण तीन लाख रुपैया ऋण पाउने भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भूकम्प पीडितलाई सहुलियतपूर्ण ऋण चाँडै दिइने बताएका छन् । स्थानीय तहसँगको साझेदारीमा भूकम्प पीडितलाई सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण दिइने उनले बताएका हुन् । ‘यसअघि सामूहिक ऋणको अवधारणा अगाडि ल्याइयो तर यसको […]

कृषकलाई ३ देखि ३० हजारसम्म अनुदान

चरिकोट। दोलखाको तामाकोशी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतवार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो । गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी रू. तीन हजारदेखि रू. ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ । उन्नत जातको गाईपालन, भैँसीपालन, बङ्गुरपालन, भेडापालन, बाख्रापालन, माछापालन, माहुरीपालन, मसला बाली […]