ललितपुर। सरकारले पन्द्र जिल्लामा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको  राष्ट्रिय फलफूल विकास केन्द्रले नीजि क्षेत्रमा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

राष्ट्रिय फलफूल विकास केन्द्रले यही कात्तिक २६ गते सूचना जारी गरी यो कार्यक्रम सञ्चालन गर्न लागेको घोषणा गरेको हो । यो कार्यक्रममा सहभागी हुने फार्म, कम्पनी, संस्था तथा समूह र सहकारीबाट दरखास्त आह्वानसमेत गरिएको छ । यो दरखास्त कात्तिक २६ गतेदेखि ३० दिनको अवधीभित्रमा राष्ट्रिय फलफूल विकास केन्द्रमा बुझाउन व्यवस्था गरिएको छ । यो कार्यक्रममा सहभागी हुनेलाई सरकारले अनुदान उपलब्ध गराउनेछ ।

फार्म, कम्पनी, संस्था, समूह तथा सहकारीले सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को अनुसूची २ अनुसारको कागजातसहित निर्धारित समयभित्र दरखास्त माग गरिएको छ ।

राष्ट्रिय फलफूल विकास केन्द्रले यसका लागि ओखलढुङ्गामा अनार, कपिलवस्तु, रौतहट, सर्लाही र महोत्तरी जिल्लामा आँप र लिची, अर्घाखाँची, भोजपुर र सुनसरी जिल्लामा कागती, रामेछाप, सोलुखुम्बु, रुकुम पश्चिम र मकवानपुर जिल्लामा किवी, कैलाली, तनहुँ र पर्वत जिल्लामा सुन्तला खेती विस्तारका लागि प्रस्ताव आह्वान गरिएको छ ।

बिशेष जानकारीको लागि सम्पर्क नम्बर

०१: ४३३१६१९ / ४३३०८७०