समाचार

बुटवलको कृषि मेलामा ४५ जिल्लाका उत्पादन राखिने

बुटवल। बुटवल उद्योग वाणिजय संघको आयोजनामा बुटवलमा हुन लागेको नवौं कृषि मेलामा ४५ जिल्लाका कृषिजन्य उत्पादनहरु राखिने भएका छन् । प्रदेश ५ सरकार,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा माघ २१ देखि २६ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुने मेला प्रदेशस्तरीय हो । मेलामा १२५ वटा स्टलहरु रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । […]

देशभरको मौसम बदली, कुन–कुन क्षेत्रमा पानी पर्ला?

काठमाडौँ। देशभरको मौसम सामान्यतया बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पूर्वदेखि पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहीबार रातिदेखि नै मौसम बदली भएको छ । देशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले बताइन् […]

फेरि किन मारियो पाँच हजार कुखुराका चल्ला ?

कलैया। वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पले त्यति परिमाणको चल्ला बरामद गरेको हो । गढीमाई चोकमा जाँच गर्दै रहेको अवस्थामा भारतबाट अवैधरूपमा भन्सार छली ब्रोइलर कुखुराको चल्ला आउँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रमुख निरीक्षक रामबहादुर बस्नेतको […]

‘ट्रान्जिट परमिट’ले जडीबुटी निर्यात खस्कियो

बाँके। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगन्ज नाकाबाट ३७ करोड मूल्यबराबरको जडीबुटी भारततर्फ निकासी भएको छ । जडीबुटी निकासी हुने प्रमुख नाकाका रूपमा नेपालगन्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट ३७ करोड २३ लाख मूल्यबराबरका ६ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । यहाँबाट निकासी […]

संखुवासभाका २९ वडामा अलैंची जोन कार्यक्रम

संखुवासभा। संखुवासभाका १० स्थानीय तहका २९ वडामा अलैंची जोन कार्यक्रम लागू हुने भएको छ। खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम ल्याइएको कृषि ज्ञान केन्द्र खाँदबारीका प्रमुख रामबहादुर ठाकुरले बताए। जिल्लाको कुल ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने अलैंचीका लागि धर्मदेवी, मादी, चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र […]

प्रतिमेट्रिक टन ११७ डलरमा आउने रासायनिक मललाई ५३६ डलरमा किन्ने तयारी

ललितपुर। सरकारले अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने बताए पनि सामान्यभन्दा सामान्य विषयमा पनि ठूलै मात्रामा कमिसन लिने प्रवृत्ति मौलाएको छ । व्यापारिक रुपमा गरिने काममा त वैधानिक रुपमा नै कमिसन पाइएला तर जनताको दैनिक आवश्यकतासँग जोडिएको विषयमा समेत कमिसन लिने प्रवृत्ति पछिल्लो दिनमा मौलाउँदै गएको छ । यतिबेला किसान गहुँ खेतीमा व्यस्त छन् । गहुँका […]

कृषकको लगानीमा प्रशोधन केन्द्र

राँझा। कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोड रूपैयाँको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । सो प्रशाेधन केन्द्रमा धान, गहुँ र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ सेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको उक्त प्रशोधन […]

बिना धितोको ऋणले फेरियाे जीवन

पर्वत। दुईरचार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग परेकाछन् । आफ्नो स्वामित्वमा धितो राख्ने घर, जग्गा नहुँदा बैंक तथा वित्तीय सेवाबाट वञ्चित विश्वकर्माले स्थानीय महिला सहकारीले उपलब्ध गराएको बिना धितोको ऋणबाट व्यवसाय गरेर आयआर्जन गर्न थालेका हुन् । रु ५० हजार ऋण लिएर […]

भैँसी सुन्दरी विजेता विन्देश्वर इशरले पाए लैनो भैँसी पुरस्कार

इनरुवा।  सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख […]

अब ५२ गाउँमा स्मार्ट कृषि कार्यक्रम

बुटवल।   प्रदेश ५ सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । कार्यक्रम सञ्चालनका लागि विभिन्न मापदण्ड निर्धारण गरी तयार पारेको कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै प्रदेश ५ का १२ जिल्लाका ५२ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि बाटो तय भएको हो । सरकारले १२ जिल्लामा ५२ वटा गाउँ छनोटको काम अन्तिम चरणमा पु(याएको छ । छनोट हुने […]