समाचार

कृषिबाटै करोडपति बनेका कृष्ण

सुनसरी। कृषिबाट ‘खासै आम्दानी हुँदैन’ भन्ने धेरै भेटिन्छन्। ‘कृषिमा सम्भावना छैन’ भन्दै युवा खेतबारी बाँझै राखेर विदेश पलायन भइरहेका छन्। धरान–४, वसन्तटारका कृष्ण राई भने कृषि पेसाबाटै करोडपति बनेका छन्। दुई बिघा आठ कठ्ठा जमिनमा २० भन्दा बढी प्रकारका तरकारी र फलफूलको खेती छ उनको। उनी मासिक तीन लाखभन्दा बढीको तरकारी बेच्छन्। उनको गोठमा १३ […]

कहाँ गयो २५ करोडको मल ?, कृषि सामग्री र प्रधानमन्त्री कृषि आधुनिकीकरणको मिलोमतोमा मलमा घोटाला

काठमाडौं। सरकारी अनुदानको मल मात्रै कारोबार गर्ने कृषि सामग्री कम्पनीले २५ करोड मूल्यबराबरको मल गायब पारेको खुलेको छ। सरकारी स्वामित्वकै कम्पनीले युरिया र डीएपी मल गुपचुप पारेपछि खोजीको विषय बनेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०७३।७४ मा कृषि सामग्रीलाई २५ करोड मूल्यबराबरको रसायनिक मल किसानलाई उपलब्ध गराउन रकम निकासा गरेको थियो। त्यस्तै […]

मौरीपालन गर्ने कृषकको संख्या बढ्दै

सिन्धुली। जिल्लामा पछिल्लो समय कृषकहरुमा श्रम अनुसारको राम्रो आम्दानी हुने भएका कारण मौरी पालन गर्ने कृषकको संख्या बढ्दै गएको छ । अन्य व्यावसायको तुलनामा श्रम र लगानी कम गरेर पनी संचालन गर्न सिकिने मौरीपालन व्यवसायवाट राम्रो आम्दानी हुने भएका कारण व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सख्या बढ्दै गएको हो । जिल्लाका कतिपय किसानले वर्षमा ६० […]

सरकारले तोकेको मूल्य पाएनन् उखु किसानले

ललितपुर। सरकारले उखुको मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन। उखु बारीमा नै सुक्ने डरले उद्योगीको मूल्यमा उखु बेच्न बाध्य भएको किसानहरू बताउँछन्। जनकपुरका उखु किसान सुजित कुमार यादब सरकारले तोकेभन्दा कम मूल्यमा उखु बेचेको बताउँछन्। ‘कार्तिक र फागुन दूई वटा महिनामा उखु लगाइन्छ। फागुनमा रोप्नको लागि पनि अहिले उद्योगीको मूल्यमा उखु बेचेका […]

किन खाने रायोको साग ? यस्ता छन् फाइदा

रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो । त्यस्तै रायोको सागबाट पाइने फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । रायोको सागबाट भिटामिन के, […]

कृषिमा वित्तीय संस्थाको लगानी निराशाजनक, कार्यान्वयन गर्दैनन् राष्ट्र बैंक निर्देशन

ललितपुर। नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ । लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका […]

म्याग्दीमा भेटियो विश्वमै दुर्लभ ‘लोन्डेसी’ गुराँस

म्याग्दी। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए । वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् […]

कृषकका समस्या समाधान गर्न आयोग ठामको ठाम हाजिर

काभ्रेपलाञ्चोक। किसानको वास्तविक समस्या बुझ्न राष्ट्रिय किसान आयोगले स्थलगत अनुगमन अभियान थालेको छ । अभियानअन्तर्गत आयोगका विज्ञ सदस्य उदयचन्द्र ठाकुर, मीना तामाङ लगायतको एक टोलीले शुक्रबार काभे्रपलाञ्चोकको विभिन्न स्थानका किसानसँग छलफल गरी समस्या सङ्कलन गरेको छ । टोलीले बनेपा नगरपालिकाको नाला, पनौती नपाको पनौती र पाँचखाल नपाको श्रीरामपाटीका किसानसँग उनीहरुको खेतबारीमै स्थलगत रुपमा कृषि उपज अनुगमन गरी […]

एभोकाडो सम्बन्धी व्यावसायिक तालीम

चिप्लेढुङ्गा। देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु गरे। गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो तालीममा प्रदेशका आठ जिल्लाका ३५ जना सहभागी रहेको छ। बिहिवार तालीमको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले हरेक युवाले व्यावसायिक सीप सिकेर अघि बढे मुलुक चाँडै नै समृद्ध हुने […]

माघ २८ देखि १३औं खाद्य महोत्सव गरिँदै, १० प्रतिशत रकम विपन्न बालबालिकालाई

चितवन। विपन्न परिवारका बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ प्रणय दिवसका अवसरमा १३औं सौराहा खाद्य महोत्सव आयोजना गर्न लागिएको छ । रेस्टुराँ एन्ड बार एशोसिएशन नेपाल (रेबान)को आयोजनामा यही माघ २८ देखि फागुन ३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आयोजक समितिका संयोजक ध्रुव गिरीका अनुसार कार्यक्रमबाट बचेको रकमको १० प्रतिशत रत्ननगर […]