पूरै गाउँको आयस्रोत केराखेती
म्याग्दी। वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ । खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । […]





