समाचार

आइतबारसम्म मौसम नखुल्ने

ललितपुर। पश्चिमी बायुको प्रभावका कारण देशभरको मौसम बदद्लिएको छ । बिहीबारबाटै प्रभावित भएको मौसम आइतबारसम्म नखुल्ने मौसमविद्हरुले जनाएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज शुक्रबार पश्चिमका धेरै स्थान र मध्य तथा पूर्वका केहि स्थानमा मेघगर्जनसहित पानी पर्ने भएको छ । काठमाडौं उपत्याका पनि हल्का वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन । उच्च पहाडी […]

३४ सुपरजोन थप

ललितपुर। चालू आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अवधिमा विभिन्न बाली र वस्तुमा ३४ वटा जोन र सुपरजोन थप गरेको छ । नयाँ जोन तथा सुपरजोनको कार्यक्षेत्र निर्धारण सम्बन्धमा संखुवासभा, झापा, मोरङ, सुनसरी, उदयपुर, कपिलवस्तु, चितवन, नवलपरासी (पूर्व), बैतडी, मुस्ताङ, बाग्लुङ, म्याग्दी, इलाम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, रुकुम (पूर्व), भोजपुर, इलाम, पाँचथर, मनाङ, सोलुखुम्बु, दोलखा, कालिकोट, […]

वन्यजन्तु व्यापार नियन्त्रण विधेयक राष्ट्रियसभाबाट पारित

ललितपुर। राष्ट्रियसभाको आजको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाबाट यसअघि सो विधेयक पारित भई प्रतिनिधिसभामा पठाइएको थियो । प्रतिनिधिसभाले सो विधेयक केही संशोधन गरी पुनः राष्ट्रियसभामा पठाएको थियो […]

प्रणय दिवसका लागि २ लाखवटा गुलाफ बजारमा, डेढ करोड मुल्यको गुलाफ आयात

ललितपुर। यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ५० हजार वटा गुलाफ आयात गरिएको छ। गएको वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो। बजारमा माग बढेकाले भारतबाट यस वर्ष गएको बर्ष १ लाख २५ हजार वटा आयात गरीएकोमा यसपाली थप २५ हजार वटा फूल आयात गरिएको फ्लोरिकल्चर […]

पोल्ट्रि व्यवसाय अनुगमन गर्न कार्यदल

ललितपुर। काठमाडौं उपत्यकासहितका जिल्लामा संचालित होटल, रेस्टुरेन्ट तथा कोल्डस्टोरहरूको अनुगमन गर्न सरकारको संयोजकत्वमा पोल्ट्रि व्यवसायीहरूसमेत संलग्न हुने गरी कार्यदल गठन गर्ने भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रको दाना उद्यमी, ह्याचरी उद्यमी, कुखुरापालक किसान, कोल्डस्टोर व्यवसायी तथा चल्ला–दाना वितरककोे संयुक्त भेलाले कार्यदल गठन गर्ने निर्णय गरेको हो । भारतबाट अवैधरूपमा भित्रिएको तयारी मासु तथा […]

दानाको मूल्य बढ्यो अण्डाको घट्यो

चितवन। कुखुराको दानाको मूल्य निरन्तर उकालो लाग्दै गर्दा अण्डाको मूल्य भने दिन प्रतिदिन घट्न थालेको छ । विगत तीन महिनाको अवधिमा दानाको मूल्य तीनपटक बढेर प्रति ५० केजी ३५० रुपियाँ पुगेको छ । अण्डाको मूल्य झरेर प्रतिक्रेट (३० वटा अण्डा) २३५ रुपियाँभन्दा कममा बिक्री भइरहेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले दिएको जानकारीअनुसार दाना उद्योग […]

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

चितवन। पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही […]

फलफूल तथा तरकारी बजार तत्काल विस्तार गर्न किसान आयोगको सुझाव

ललितपुर। रष्ट्रिय किसान आयोगले तत्काल फलफूल तथा तरकारी बजार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ। राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले ५ वर्षभित्र कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको सरकारले फलफूल तथा तरकारी बजारको उचित व्यवस्थापन गर्न ढिलो गर्न नहुने स्पष्ट पारेका हुन्। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २५औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर […]

कसरी पाउने बेरोजगार भत्ता ?

ललितपुर। सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू भएको घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । ‘सबैका लागि रोजगार : संवैधानिक अधिकार’ नारा दिइएको यो कार्यक्रम श्रमिक लक्षित छ । कार्यक्रमअनुसार सरकारले बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास गर्नेछ । ‘प्रधानमन्त्री […]

कर्णाली सरकारले किसानलाई ‘पेन्सन’ दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण (पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन कार्यक्रमका लागि […]