समाचार

पन्ध्रौँ योजनामा कृषिलाई प्राथमिकता : अध्यक्ष दाहाल

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले १५ औँ योजनामा कृषिमा आधारित उद्योग स्थापना गरेर उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । पन्ध्रौँ योजनाको मस्यौदा आधार पत्रलाई अन्तिम रुप दिन आज आयोजित राष्ट्रिय विकास परिषद् बैठकको उद्घाटनमा उहाँले सैद्धान्तिक शिक्षालाई कम गर्दै व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षा दिने गरी नीतिगत व्यवस्था […]

कृषि कर्ममा रमाउंदै युवा

कैलाली। गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् , कैलालीको घोडाघोडी नगरपालिका ४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बनेर […]

देशभरको मौसम बदली, मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

ललितपुर। अबको दुईतीन दिन देशभरी नै बदली रहने भएको छ । बिहीबार बिहानैबाट देशभरको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ भने राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात […]

संरक्षित वन्यजन्तु पाल्न दिने नीति बन्दै छ : मन्‍त्री बस्नेत

ललितपुर। वन तथा वातावरणमन्त्री शक्तिबहादु बस्नेतले सरकारले वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण भैरहेको बताएका छन्। संरक्षित जनावरको चोरी शिकारी रोक्न घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उनको भनाइ छ। वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले नेपालमा पनि त्यस्तो कानुनको तयारी गरेको उनको भनाइ छ। वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा संरक्षित जनावरको बिक्री […]

प्रांगारिक उत्पादनमा लगानी गर्न आग्रह

सुर्खेत। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैंकलाई कर्णालीको प्रांगारिक उत्पादनमा लगानी गर्न आग्रह गरेकी छन् । वीरेन्द्रनगरमा मन्त्रालयद्वारा आयोजित कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीसम्बन्धी अन्तरक्रियामा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको प्रांगारिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न आग्रह गरिन् । बैंकहरुले प्रांगारिक उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिकरुपमा […]

नेपालको पानी पिउन कतार आतुर : कतारी राजदूत

ललितपुर। खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको हो । भेटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको पानी त्यसै […]

सडकमा दूध पोखेर कृषकको विरोध

कञ्चनपुर। दूध बिक्री नभएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरस्थित सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारीले सोमबार पूर्व पश्चिम राजमार्गमा विरोध स्वरुप दूध पोखेका छन्। दुग्ध विकास संस्थान अत्तरियाले दूध समयमै नउठाएपछि सहकारीले संकलन गरेको २०० लिटर दूध  सडकमा पोखेर विरोध गरेका हुन्। शुक्रबार उठाउनु पर्ने दूध संस्थानले नउठाएपछि सहकारीका पदाधिकारीले सडकका पोखेका छन्। एक दिनको दूध […]

बारा-पर्सा आँधीहुरी प्रभाव : २२ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरे

फेटा। बारा र पर्सामा आइतबार आएको शक्तिशाली हावाहुरीले २ हजार २ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरेको अनुमानित तथ्यांक संकलन गरिएको छ । प्रभावित क्षेत्रमा खटिएका पशुसेवा विभागअन्तर्गत राम परीक्षण साह नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो । उनका अनुसार हावाहुरीमा परी ४०० भैसी, १ हजार ५०० बाख्रा, २०० गाई र १५० […]

यन्त्रबाट मकै रोप्ने प्रविधिमा कृषकको आकर्षण

वीरगञ्ज। जितपुर सिमरा उपमहानगरपालिका ११ खेस्रौलका किसान परमानन्द चौधरीले पोहोर भन्दा यसवर्ष मकैखेतीको क्षेत्रफल बढाएका छन् । यसको कारण उनलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाटले ल्याएको यन्त्रबाट मकै रोप्ने प्रविधि हो । उनले अघिल्लो वर्ष यन्त्रबाट मकै रोप्दा सबै खर्च कटाएर रू. ४ लाख ५० हजार मुनाफा कमाएपछि यसवर्ष हौसिएर उनले ५ […]

क्षणभरमै खोसिएको खुसी, मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा

बारा। दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै […]