ललितपुर। वन तथा वातावरणमन्त्री शक्तिबहादु बस्नेतले सरकारले वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण भैरहेको बताएका छन्।
संरक्षित जनावरको चोरी शिकारी रोक्न घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उनको भनाइ छ। वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले नेपालमा पनि त्यस्तो कानुनको तयारी गरेको उनको भनाइ छ।
वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा संरक्षित जनावरको बिक्री तिवरण हुने सम्भावना रहकाले त्यसतर्फ भने सचेत हुनुपर्ने उनको भनाइ छ।
‘वन्यजन्तु पालन गर्न दिइयो भने चोरी शिकारी पनि घट्छ’, मन्त्रालयले ललितपुरको गोदावारीमा गरेको कार्यशालामा बोल्दै मन्त्री बस्नेतले भने, ‘घरमा जनावर पाल्न दिँदा वनको शिकार हुन्छ कि भन्ने पनि चिन्ता छ। तर, मूल प्रवृत्ति भनेको त्यसो गर्दा शिकार घट्छ।’
मन्त्री बस्नेतले नीति तथा कार्यक्रममा वनलाई समृद्धिको आधार बनाउने गरी कार्यक्रम ल्याउन सचिवसहित मन्त्रालयका कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।









