चितवन। रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डीन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन् ।

३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २र २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओभामाथि कालोमोसो दल्नु परेको बताएका छन् ।

बिगत वषौ वर्ष देखि ओझाले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि यसरी नै कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्बर नै कम दिएर दुःख दिने गरेको बिद्यार्थीको आरोप छ ।